राम्रो कामको सुरुवात प्रमुख आयुक्त प्रेमकुमार राईद्वारा पेन्सन सुविधा नलिने घोषणा

राम्रो कामको सुरुवात प्रमुख आयुक्त प्रेमकुमार राईद्वारा पेन्सन सुविधा नलिने घोषणा

छाँयापाटी

@छाँयापाटी

२०७७ फाल्गुण २४ गते सोमबार ०५:०५

काठमाडौं, २४ फागुन -:  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राज्यबाट पाइरहेको निवृत्तभरण (पेन्सन) सुविधा नलिने घोषणा गरेका छन्' । संवैधानिक निकायका पदाधिकारीहरुले पेन्सन र तलव सुविधा समेत लिइरहेको...

काठमाडौं, २४ फागुन -:  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राज्यबाट पाइरहेको निवृत्तभरण (पेन्सन) सुविधा नलिने घोषणा गरेका छन्’ । संवैधानिक निकायका पदाधिकारीहरुले पेन्सन र तलव सुविधा समेत लिइरहेको अवस्थामा अख्तियारका प्रमुख आयुक्त राईले राज्यबाट पाइरहेको निवृत्तभरण (पेन्सन) सुविधा नलिने घोषणा गरेका हुन्’ ।

आयुक्त रार्इले २०७७ साल फागुन देखि आयोगबाट पारिश्रमिक र सेवा सुविधा पाउन थालेकाले सोही महिना देखि नै सरकारबाट पाइरहेको पेन्सन सुुविधा नलिने स्पष्ट पारेका छन् ‘। २०७७ साल २१ माघमा अख्तियारको प्रमुख आयुक्तमा नियुक्त भएका उनी ३० वर्ष भन्दा बढी निजामती सेवामा काम गरिसकेका छन् ।

इमान्दार र स्वच्छ छवि राख्ने प्रशासकका रुपमा कहलिएका उनले पेन्सन सुविधा नलिने घोषणा गरे लगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यसको जानकारी निवृत्तभरण व्यवस्थापन कार्यालय त्रिपुरेश्वरलाई गराएको जनाइएको छ ‘।

प्रकाशित मिति २०७७ फाल्गुण २४ गते सोमबार ०५:०५
प्रतिक्रियाहरु