आत्मआलोचना गरी सच्चिएर आउन् माधवकुमार नेपाल समूहलाई ओलीले गरे आग्रह

आत्मआलोचना गरी सच्चिएर आउन् माधवकुमार नेपाल समूहलाई ओलीले गरे आग्रह

छाँयापाटी

@छाँयापाटी

२०७७ फाल्गुण २९ गते शनिवार ०८:२७

काठमाडौं, सर्वोच्च अदालतको फैसलाबाट ब्युँतिएको नेकपा (एमाले)मा अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल समूहलाई पेलेरै अघि जाने संकेत दिएका छन्। शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा आफू पक्षीय केन्द्रीय सदस्यहरूको...

पाटी भित्र पनि प्रचण्ड कै गुलामी गर्दै नेता दोय

काठमाडौं, सर्वोच्च अदालतको फैसलाबाट ब्युँतिएको नेकपा (एमाले)मा अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल समूहलाई पेलेरै अघि जाने संकेत दिएका छन्।

शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक राखेर प्रधानमन्त्री ओलीले एमालेको विधान संशोधन गरेर थुप्रै महत्वपूर्ण निर्णयहरू गराएका छन्।

पार्टीको महाधिवेशन मंसिरमा गर्ने, पूर्वमाओवादी केन्द्रका नेताहरूलाई जिम्मेवारी दिने, नेपाल पक्षका नेताहरू जिम्मेवारी खोस्नेलगायत निर्णय गरेको आजको बैठकबारे नेपाल पक्षका नेताहरूलाई जानकारी नै थिएन।

बैठकमा प्रधानमन्त्री ओलीले नेपाल पक्षका नेताहरू आत्मआलोचना गरेर, सच्चिएर आउनु पर्ने बताएका थिए।

‘उहाँहरू आत्मआलोचना गरेर सच्चिएर आउनुभयो भने हामी कसैलाई आग्रह/पूर्वाग्रह राख्दैनौं,’ ओलीको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले सेतोपाटीसँँग भने।

सर्वोच्च अदालतले फागनु २३ गते तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीचको एकता खारेज गरेर पूर्ववत्: पार्टीहरू ब्युँताउन आदेश दिएको थियो।सोही आदेशअनुसार निर्वाचन आयोगले दुबै पार्टीलाई ब्यँताएको हो।

पार्टी ब्युँतिइपछि प्रधानमन्त्री ओलीले नेपाल पक्षसँग एक पटक सल्लाह नगरी पार्टीको महाधिवेशन गर्ने निर्णय गरेका हुन्।ओली समूहको यो निर्णयमा नेपाल पक्षले अहिलेसम्म प्रतिक्रिया दिइसकेको छैन।

प्रकाशित मिति २०७७ फाल्गुण २९ गते शनिवार ०८:२७
प्रतिक्रियाहरु