बालुवाटारमा ओली–भोज, तर गएनन् माधव–झलनाथ र वामदेव (तस्वीरमा)

बालुवाटारमा ओली–भोज, तर गएनन् माधव–झलनाथ र वामदेव (तस्वीरमा)

छाँयापाटी

@छाँयापाटी

२०७७ चैत ३ गते मङ्गलबार १२:५५

काठमाडाैँ, ३ चैत । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारी निवास बालुवाटारमा पार्टीका आफू निकटका नेता-कार्यकर्ताहरूलाइ चिया-पार्टी दिनुभएकाे छ । तर उक्त जमघटमा नेकपा एमालेकै अर्काे खेमाका नेताहरू भने...

काठमाडाैँ, ३ चैत । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारी निवास बालुवाटारमा पार्टीका आफू निकटका नेता-कार्यकर्ताहरूलाइ चिया-पार्टी दिनुभएकाे छ । तर उक्त जमघटमा नेकपा एमालेकै अर्काे खेमाका नेताहरू भने उपस्थित छैनन् ।

विशेतः पार्टीका केन्द्रीय नेताहरुलाई बाेलाइए पनि माधव नेपाल, झलनाथ खनाल तथा वामदेव गाैतम र त्यस समूहका नेताहरू उपस्थित भएनन् । उनीहरू फरक-फरक कार्यक्रममा व्यस्त रहेकाे जनाइएकाे छ । माधवकुमार नेपाल समूहले मंगलबार नै ललितपुरको सानेपास्थिति हेरिटेज गार्डेनमा पत्रकार सम्मेलनको आयोजना गरेको छ भने उपाध्यक्ष वामदेव गौतमले बल्खुको रिद्धिसिद्धि पार्टी प्यालेसमा केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीले खनाल-नेपाल समूहसहित सबै केन्द्रीय सदस्यलाई चियापान कार्यक्रममा बोलाउनुभएको थियाे । मोबाइल एसएमएसमार्फत उहाँले निम्तोसहितको सन्देश पठाउनुभएको बताइएकाे छ ।

तर ओलीकाे चियापान कार्यक्रममा नजाने खनाल-नेपाल समूहले बताएको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले गएको फागुन २८ गते ओलीले गरेको महासचिवबाहेकका पदाधिकारी खारेज र विभिन्न प्रदेश तथा संगठनमा नयाँ व्यक्ति नियुक्त गर्ने निर्णय खारेजी माग गर्दै आएको छ ।न्युज २४ बाट

प्रकाशित मिति २०७७ चैत ३ गते मङ्गलबार १२:५५
प्रतिक्रियाहरु