स्याइबर स्याल ज्यूँदैछन्, गलत सूचना सम्प्रेषण गरिरहनेछन्, होसियार! : माधव नेपाल

स्याइबर स्याल ज्यूँदैछन्, गलत सूचना सम्प्रेषण गरिरहनेछन्, होसियार! : माधव नेपाल

छाँयापाटी

@छाँयापाटी

२०७७ चैत ४ गते बुधबार ०४:४८

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफूहरुले आयोजना गरेको कार्यकर्ता राष्ट्रिय भेला स्थगित भयो भनेर 'फेक सूचना' सम्प्रेषण गरेको भन्दै आपत्ती जनाएका छन्। बुधबार राजधानीमा आयोजित माधव-झलनाथ समूहको कार्यकर्ता...

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफूहरुले आयोजना गरेको कार्यकर्ता राष्ट्रिय भेला स्थगित भयो भनेर ‘फेक सूचना’ सम्प्रेषण गरेको भन्दै आपत्ती जनाएका छन्।

बुधबार राजधानीमा आयोजित माधव-झलनाथ समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले यस्तो बताएका हुन्। ‘फेक सूचना जारी गरियो । योगेश भट्टराईको नक्कली हस्ताक्षरको कागज टाँसेर फेक सूचना सम्प्रेषण गरिरहेका थिए,’ उनले भने, ‘४ र ५ गतेको भेला स्थगित गरिएको छ। म आफैँ पनि हेरेँ, के पो आएछ ?’ उहाँको नाम र सही गरेको फोटोकपी गरेर टाँसेर गलत सूचना सम्प्रेषण गरिएको रहेछ।

उनले साइबर स्यालहरु अझै पनि ज्यूँदै रहेको भन्दै होसियार हुन आफ्ना पार्टी कार्तकर्तामाझ आग्रह गरे। ‘साइबर स्याल अझै पनि बाँचिहरेका छन्। हिजो मात्र नेकपा हुँदाखेरी थियो होला भनेको ठानेको त नेकपा एमालेले ठूलो जीवन पाइसकेपछि सबै हराएर गए होला भनेको त्यसो रहेनछ। उनले भने,’ स्याइबार स्यालदेखि होसियार। भोली यस्तै गलत-गलत सूचनाहरु सम्प्रेषण गरिनेछन् अनि तपाईहरु अलमलमा पार्नेछन्।

उनले पार्टीभित्र सिद्धान्त र विधिको लडाइँ भएकाले भ्रममा नपर्न आग्रह गरे।’ उनले प्रधानमन्त्री ओलीको अहंकार र व्यक्तिवाद, गुटगत मनोवृत्ति, भजन मण्डलीको चाहनाले पार्टीमा समस्या आएको जिकिर गरे।

नेकपा एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल गुटको राष्ट्रिय भेला आजबाट शुरु भएको छ । सानेपास्थित एक पार्टी प्यालेसमा शुरु भएको भेलामा निक्कै कम मात्रामा नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ ‘।

पार्टीलाई फुटतर्फ लैजान खोजेको र प्रचण्डको कार्यकर्ता बन्न एमालेमा विग्रह ल्याएको भन्दै अधिकाशं नेता कार्यकर्ताले साथ दिएका छैनन् । भेलामा सोचेभन्दा निक्कै कम मात्र नेता कार्यकर्ता उपस्थित भएपछि सो पक्ष तनावमा देखिएको छ ‘।

भेलामा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय र केन्द्रीय विभागका सदस्य, प्रदेश कमिटीका सदस्य, केन्द्रीय कमिटीका पूर्वसदस्य, संघ तथा प्रदेशका सांसद, पूर्वसांसद, जिल्ला कमिटीका पदाधिकारी, सम्पर्क कमिटी र मञ्चका सदस्य, गाउँ तथा नगर कमिटीका अध्यक्ष र सचिव, जिल्ला समन्वय समिति, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, जनसंगठन तथा पेसागत संगठनका केन्द्रीय सचिवालयका सदस्यका साथै प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारीलाई बोलाइएको छ’ ।

तर, हलमा देखिएको उपस्थितिले एमालेको सिंगो पंक्तिमध्ये करिव ३० प्रतिशतमात्र उपस्थिति भएको देखिन्छ ‘। प्रतिनिधिसभामा हाल रहेका १२० सांसद मध्ये करिव तीन दर्जन सांसद, करिव ३० प्रतिशत केन्द्रीय सदस्य, स्थानीय तहमा एमालेका तर्फबाट जितेकामध्ये केही प्रतिनिधिमात्र उपस्थित भएका छन् ।’ तर, सो समुहका प्रचार प्रसार विभाग प्रमुख योगेश भट्टराईले भने २ हजार बढि भएको दावी गर्नुभएको छ ।

विधानको कुन धाराअनुसार बैठक बोलाएको आधार दिन नसकेको सो समुहको भेलाको अध्यक्षता झलनाथ खनालले गर्नुभएको छ भने अध्यक्षमा पराजित नेपाल विशिष्ट अतिथि बन्नु भएको छ ।

प्रकाशित मिति २०७७ चैत ४ गते बुधबार ०४:४८
प्रतिक्रियाहरु