७ चैत, काठमाडौं -: नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालले आफूसँगै केही नेताहरुको राजनीति समाप्त पार्न लागेकोे बताएका छन्’ ।
बालुवाटारमा शुरु भएको आफू निकट केन्द्रीय कमिटी सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै ओलीले माधव नेपालको राजनीति सकिँदै गएको दाबी गरे’ ।
अब हामी एमालेलाई शुद्धीकरण र सुदृढीकरण गराउँदै लैजानुपर्छ,ओलीले भने ‘। आजकै बैठकमा पार्टी कारबाहीको एजेण्डा पनि राखिएको छ । ओलीले त्यसतर्फ संकेत गर्दै अब केही नेताहरुको राजनीति समाप्त हुने बताए ‘।
ओलीले आगामी निर्वाचनबाट एमालेले २०७४ सालमा वाम गठबन्धनले भन्दा धेरै मत ल्याउने दाबी गरे’ ।आगामी निर्वाचनमा हामीले दुई तिहाइ बहुमत ल्याउँछौं,ओलीले भने’
प्रकाशित मिति २०७७ चैत ७ गते शनिवार ०५:१५