काठमाडौं, ८ चैत -: सरकारले पूर्व उद्योगमन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य उपचारका लागि दिएको १० लाख रूपैयाँ उपचार खर्च जोशीको परिवारले लिन अस्वीकार गरेको छ’ ।
जोशीको स्वकीय सचिव पुष्कर पाण्डेले सरकारले नेता जोशीलाई दिने भनेको १० लाख रकम लिन परिवारले अस्वीकार गरेको सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ‘। उनका अनुसार प्रधानमन्त्री कार्यालयबाट उपचारका लागि सरकारले दिन लागिएको जानकारी प्राप्त भए पनि जोशीको परिवारले उक्त सहयोग रकम अस्वीकार गरेको छ ‘।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मस्तिष्कघातपछि उपचाररत जोशीलाई सरकारका तर्फबाट १० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो’।
शुक्रबार उपप्रधानमन्त्री ईश्वर पोखरेल जोशीको स्वास्थ्य अवस्थाबारे बुझ्न नर्भिक अस्पताल पुग्नुभएको थियोे’ । उहाँले सरकारको तर्फबाट १० लाख सहयोग गर्ने निर्णय गरेको बताउनुभएको थियो ‘।फागुन १४ मा मस्तिष्कघात भएपछि अस्पताल भर्ना हुनुभएको जोशीको हाल भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ’।
प्रकाशित मिति २०७७ चैत ८ गते आईतबार ०३:०५