प्रधानमन्त्री ओलीको तस्बिर मोबाइलले खिच्न निषेध !

प्रधानमन्त्री ओलीको तस्बिर मोबाइलले खिच्न निषेध !

छाँयापाटी

@छाँयापाटी

२०७७ चैत १२ गते बिहिबार ०२:४६

काठमाडौ‌ं, १२ चैत -: अहिलेको जमानामा कस्को हातमा मोबाइल हुन्न र ! सबैको हात हातमा स्मार्ट मोबाइल फोन हुन्छ र स्मार्ट मोबाइलले क्यामेराभन्दा पनि आकर्षक फोटो (तस्बिर) खिच्छ' । तर, अब मोबाइलले नेकपा एमाले एवं प्रधानमन्त्री केपी शर्मा...

काठमाडौ‌ं, १२ चैत -: अहिलेको जमानामा कस्को हातमा मोबाइल हुन्न र ! सबैको हात हातमा स्मार्ट मोबाइल फोन हुन्छ र स्मार्ट मोबाइलले क्यामेराभन्दा पनि आकर्षक फोटो (तस्बिर) खिच्छ’ ।

तर, अब मोबाइलले नेकपा एमाले एवं प्रधानमन्त्री केपी शर्मा ओलीको भौतिक शरीरको फोटो खिच्न निषेध गरिएको जानकारी दिइएको छ । बिहीबार ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा प्रधानमन्त्री ओलीले ‘पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्ने कार्यक्रममा कृषि मन्त्रालयका उपसचिव प्रदीपकुमार भट्टराईले कार्यक्रम सुरू हुनुपूर्व यस्तो जानकारी गराए छन् ‘।

कार्यक्रम सुरु हुनुपूर्व प्रधानमन्त्रीका सुरक्षाकर्मीले प्रोटोकलअनुसार मोबाइल फोनबाट फोटो खिच्न नमिल्ने जानकारी पाएको उनले बताए हुन् । यससँगै प्रधानमन्त्री ओलीको तस्बिर लिन चाहने कार्यकर्ता तथा फ्यानले आफूले चाहेबमोजिम फोटो खिच्न निषेध गरिएको छ ।

सूचना जानकारीपछि सुरु भएको कार्यक्रममा नेपाल पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर घोषणा गरिएको छ ।’ प्रधानमन्त्री ओलीले कार्यक्रममा बीच धुलो दूध, बटर, अण्डा र मासुजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्नुभएको थियो ।

कृषि मन्त्रालयका पशुपन्छी सचिव डा. प्रेम नारायण कंडेलका अनुसार संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मापदण्डअनुसार आवश्यकता र उत्पादनको अवस्थाका आधारमा यस्तो घोषणा गरिएको हो’ ।

प्रत्येक नेपालीलाई प्रति वर्ष आवश्यक पर्ने ४८ गोटा अण्डामध्ये नेपालको उत्पादन ५५ पुगेको भनिएको छ ‘। यसैगरी मासु तथा माछाको आवश्यकता प्रतिवर्ष क्रमश १४ किलो रहेकोमा मासु १८ र माछा ३.५ किलो रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी दूधमा आत्मनिर्भर हुन वार्षिक न्यूनतम ९१ लिटर प्रतिव्यक्ति दूध उपलब्ध हुनुपर्नेमा प्रतिव्यक्ति उपलब्धता भने ७९ लिटर मात्रै रहेको जनाइएको छ ।

प्रकाशित मिति २०७७ चैत १२ गते बिहिबार ०२:४६
प्रतिक्रियाहरु