काठमाडौं, २० चैत – बंगलादेशलाई २-१ ले हराएर थ्री नेसन्स कपको उपाधि जितेको नेपाली राष्ट्रिय फुटबलका सदस्यहरुलाई सरकारले जनही ४-४ लाख नगद पुरस्कार दिने घोषणा गरेको छ ´।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला गत शनिबार सम्पन्न फाइनलमा नेपालले बंगलादेशलाई पराजित गरेको थियो ´। शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही चार-चार लाख रुपैयाँ दिने निर्णय गरेको हो ´।
फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायत उच्च पदस्थ सरकारी अधिकारीहरु पनि दशरथ रंगशाला पुगेका थिए ´।
लामो समय पछि रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा नेपाली खेलाडी र दर्शक हर्षित बनेका थिए भने फाइनल खेल टुंगिएपछि खेलाडीहरुले ‘केपी बा वि लभ यु’ भन्दै नारा समेत रंगशालामा घन्काएका थिए´
प्रकाशित मिति २०७७ चैत २० गते शुक्रबार ०६:४१