तत्काल विद्यालय बन्द नगर्ने मन्त्रिपरिषद्को निर्णय सही कि गलत ?

तत्काल विद्यालय बन्द नगर्ने मन्त्रिपरिषद्को निर्णय सही कि गलत ?

छाँयापाटी

@छाँयापाटी

२०७७ चैत ३१ गते मङ्गलबार ११:५६

काठमाडौं -: मन्त्रिपरिषद्को बैठकले तत्काल शैक्षिक संस्था बन्द नगर्ने निर्णय गरेको छ ।' सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले तत्काल शैक्षिक संस्था बन्द नगर्ने र संक्रमण फैलन नदिन सचेताना अपनाउने निर्णय गरेको छ । https://www.youtube.com/watch?v=3BHN0-gNamE   कोभिड–१९...

काठमाडौं -: मन्त्रिपरिषद्को बैठकले तत्काल शैक्षिक संस्था बन्द नगर्ने निर्णय गरेको छ ।’ सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले तत्काल शैक्षिक संस्था बन्द नगर्ने र संक्रमण फैलन नदिन सचेताना अपनाउने निर्णय गरेको छ ।

 

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले दोस्रो चरणको कोरोना महामारी रोक्नका लागि तीन साताका लागि विद्यालय बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरे को थियो’ । तर, बैठकले कोरोनाको बढ्दो जोखिमबारे सजग हुन र रोकथामका उपायहरु अवलम्बन गर्ने निर्णय लिएको छ ‘।

पछिल्लो समय कोरोना संक्रमण विद्यालमा अध्ययनरत बालबालिकाहरुमा देखिन थालेसँगै सिसिएमसीले तीन साताका लागि विद्यालय बन्द गर्न क्याबिनेटलाई सिफारिस गरेको हो ।’ यस विषयमा सोमबारको बैठकमा विशेषगरी ११ वर्षभन्दा मुनिका बालबालिकाका लागि खोपको प्रबन्धसमेत नभएको अवस्थामा सतर्क हुनुपर्ने बताउनुभएको छ ।

विद्यालयमा बालबालिकाहरुलाई संक्रमणबाट जोगाउनका लागि विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु अवलम्बन गर्न बैठकले निर्णय गरेको छ ।यसैगरी मन्त्रिपरिषद्को बैठकले तत्काल लकडाउन नगर्ने पनि निर्णय लिएको छ ‘। स्थानीय तहको स्थिति हेरेर त्यहीँअनुरुप कदम चालिने निर्णय पनि भएको छ ।

भीडभाडयुक्त ठाउँहरुको हकमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु कडाइका साथ लागू गर्न भनने मन्त्रिपरिषदको बैठकल निर्णय गरेको छ ‘। भारतबाट फर्कनेहरुलाई नाकामा होल्डिङ सेन्टरमा राख्न र तत्काल होल्डिङ सेन्टरहरु बनाउन मन्त्रिपरिषद्ले गृहमन्त्रालयलाई निर्देशन दिएको बताइएको छ ।

सोमबार साँझ क्याबिनेट गरेका निर्णयहरु सीसीएसीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले पत्रकार सम्मेलनमार्फत आज मंगलबार जानकारी दिने तयारी गरिएको छ ‘।

प्रकाशित मिति २०७७ चैत ३१ गते मङ्गलबार ११:५६
प्रतिक्रियाहरु