काठमाडौ -: पार्टी हित विपरित गतिविधि गरेको भन्दै नेकपा एमालेले माधव नेपाल सहित ८ जना नेतालाई थप कारवाही गर्ने निर्णय गरेको छ । माधव नेपाल सहित केही नेतालाई एमालेले यस अघि नै ६ महिनाका लागि निलम्बन गरिसकेको छ ।
सोमवार वालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने र गराउन नेतृत्व गरेका ८ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ‘।
यस अघि बैठक जारी रहँदा एक नेताले २० जनालाई कारवाही गर्ने निर्णय भएको जानकारी गराएका थिए ।’ तर बैठकले ८ जनालाई कारवाही गर्ने निर्णय गरेको आधिकारीक जानकारी आएको छ ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा सोमबार बसेको बैठकले पार्टी अनुशासन विपरित गतिविधि गर्न नेतृत्वदायी भूमिका खेलेको भन्दै माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र ‘पाण्डेलाई कारवाही गर्ने निर्णय गरेको हो ।
सुरुमा दुई दिने स्पष्टीकरण सोध्ने र जवाफ चित्त बुझ्दो नआए वैशाख १० गेत बस्ते बैठकले कारवाही गर्ने निर्णय गरेको छ’ । कारवाहीमा पर्नेमा कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमर थापा पनि कारवाहीमा पर्ने भएको छ । सोमवारको बैठकले उनीहरुलई पनि स्पष्टिकरण सोधेको छ’ ।
माधवकुमार नेपाल समूहका नेताहरु अनुपस्थित भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले कर्णालीमा फ्लोर क्रस गरेर अलोकतान्त्रिक, गैरसंसदीय, अराजक हर्कत गरेको भन्दै कारबाही गर्ने बताएका थिए’ ।
प्रधानमन्त्री ओलीले बैठकमा सम्बोधन गर्दै त्यस्तो कार्यलाई अ प रा ध भनेका छन् ‘। कर्णाली प्रदेशमा एमालेको नेपाल समूहका चार प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेका कारण महेन्द्रबहादुर शाहीको सरकार जोगिएको छ ।
एमालेले शाहीको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । ‘उनीहरुकै मतका कारण शाही नेतृत्वको सरकार जोगिएको छ भने फ्लोर क्रस गर्नेमध्ये तीन जना मन्त्री समेत भइसकेका छन् ।
प्रकाशित मिति २०७८ बैशाख ६ गते सोमबार ०५:४६