वैशाख महिनासम्म मठमन्दिर प्रवेशमा रोक

वैशाख महिनासम्म मठमन्दिर प्रवेशमा रोक

छाँयापाटी

@छाँयापाटी

२०७८ बैशाख ८ गते बुधबार १२:१०

बागलुङ -:  बागलुङमा कोरोना भाइरसको दर बढ्दै गएपछि उच्च सतर्कता अपनाउन थालिएको छ । 'प्रमुख जिल्ला अधिकारीका अध्यक्षतामा मङ्गलबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले कोरोना जोखिमलाई ध्यानमा राखी भीडभाड कम गर्न र कोरोना...

बागलुङ -:  बागलुङमा कोरोना भाइरसको दर बढ्दै गएपछि उच्च सतर्कता अपनाउन थालिएको छ । ‘प्रमुख जिल्ला अधिकारीका अध्यक्षतामा मङ्गलबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले कोरोना जोखिमलाई ध्यानमा राखी भीडभाड कम गर्न र कोरोना नियन्त्रणका लागि मठमन्दिर प्रवेशमा वैशाख महिनासम्म रोक लगाएको छ’ ।

आन्तरिक पर्यटकको भीड हुने कालिका मन्दिर, पञ्चकोट, राम मन्दिरलगायत स्थानमा वैशाख मसान्तसम्म प्रवेशमा रोक लगाइएको प्रजिअ शिवकुमार कार्कीले जानकारी दिनुभयो ‘।

यस्तै बैठकले पार्टी प्यालेस, डान्स बार, सिनेमा हल, आमसभा, जिमहललगायत भीडभाड हुने स्थानसमेत वैशाख मसान्तसम्म पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको प्रजिअ कार्कीले जानकारी दिनुभयो ।’

मास्कविना कार्यालय र पसलमा प्रवेश गर्न रोक लगाउने र होटल तथा रेष्टुराँ बिहान ८ देखि बेलुका ८ बजेसम्म सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ ‘।

यस्तै प्रशासनले बलेवामा कोरोना जोखिम बढेको जनाउँदै वडा नं १२, १३ र १४ मा वैशाख १७ गतेसम्म निषेधाज्ञा जारी गर्नेसमेत निर्णय गरेको छ । ‘बागलुङ –१४ को जनताधन माध्यमिक विद्यालयका १९ विद्यार्थी र दुई शिक्षकसहित सोही वडाका अन्य १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सतर्कता अपनाउन थालिएको हो’ ।

प्रकाशित मिति २०७८ बैशाख ८ गते बुधबार १२:१०
प्रतिक्रियाहरु