८ वैशाख, काठमाडौं -: प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । काठमाडौंको नक्शालस्थित मेरियट होटलमा अध्यक्ष ओली, नेपालबीच भेटवार्ता भएको थियो’ । भेटमा एमाले नेता विष्णु पौडेल पनि सहभागी गिए ।
नेताहरुबीच करिब २ घण्टा भेटवार्ता भएको थियो । बुधबार पौने ७ बजे नेता नेपाल होटलबाट बाहिरिएका छन् ‘। उनले सञ्चार माध्यममा भेटबारे प्रतिक्रिया नदिने बताए’ ।
नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएका छन्’ ।
अध्यक्ष ओलीले २७ प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेपछि मंगलबार नेपाल समूहका सांसदहरुको बैठक बसेको थियो । बैठकमा सांसदहरुले क-कसलाई के स्पष्टीकरण सोधिएको छ भनेर हेरेका थिए’ । ‘चार जना नेताहरुलाई सोधिएको व्यहोरामा थोरै फेरबदल छ । अरुलाई एउटै व्यहोराको छ’ सांसद झपट रावलले भने,पूर्वतयारीका साथ रेडिमेट स्पष्टीकरण सोधिएको रहेछ’ ।
पार्टीमा अध्यक्ष ओलीले २८ फागुन र त्यसयता पार्टीमा गरेको मनोमानीको प्रतिवाद गरेकै कारण आफूहरुलाई स्पष्टीकरण सोधिएको सांसदहरुले निष्कर्ष निकालेका छन् ‘।
अर्को पार्टी बनाएको भनी लगाएको आरोप कपोलकल्पित र भ्रामक भएको भन्दै सांसदहरुले त्यसको राजनीतिक र कानूनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेका छन्’ ।
बैठकमा सहभागी सांसद रामकुमारी झाँकीले भनिन्, ‘हामीले दल बदल गरेका छैनौं, राजीनामा पनि दिएका छैनौं । अर्को पार्टी खोलेका पनि छैनौं । दर्ता गर्ने मनसाय पनि छैन । एमालेको केन्द्रीय सदस्य हौं, एमालेको सांसद हौं ‘।
अघि भनिन्, ‘उहाँहरुको इच्छा त हामी छोडेर जाउन् भन्ने छ, तर हामी छोडेर जाँदैनौं, यहीं लड्छौं ‘।पार्टी अध्यक्ष एवं संसदीय दलको नेताले सोधेको स्पष्टीकरणको जवाफ दिएर आफ्नो प्रतिरक्षा गर्ने र राजनीतिक लडाईं पनि सँगसँगै लैजाने सांसदहरुले बताएका छन् ।
२३ फागुनमा सर्वोच्च अदालतले फैसला मुताबिक एमालेको पूर्ववत् संरचनामा जानुपर्छ भन्ने भन्दा पार्टी विभाजन भएको भन्ने अर्थ नलाग्ने सांसद रावलले बताए ।
जे सोधिएको छ, त्यो हाम्रो विधिविधान र हामीले उठाएको मुद्दासँग मेल खाँदैन’ उनले भने,हामीले नेकपा एमालेका घोषित लक्ष्य, नवौं महाधिवेशनको उद्देश्य, विधान, नीति र कार्यक्रमभन्दा बाहिर हामी गएका छैनौं ‘।१० गते बस्ने बैठकबाट कारबाही भयो भने के गर्नुहुन्छ भन्ने प्रश्नमा सांसद झाँक्रीले भनिन्, ‘हामी संसदीय दलभित्र लड्छौं ‘। अदालतसम्म पुग्छौं ।
प्रकाशित मिति २०७८ बैशाख ८ गते बुधबार ०८:२७