बालिका खड्का पीडित भए श्रीमानलाई कारबाहीको कठघरामा उभ्याउँछु : जाङ्बु शेर्पा

बालिका खड्का पीडित भए श्रीमानलाई कारबाहीको कठघरामा उभ्याउँछु : जाङ्बु शेर्पा

छाँयापाटी

@छाँयापाटी

२०७८ बैशाख १० गते शुक्रबार ११:५७

काठमाडौं । प्रदेशन नम्बर १ का मुख्यमन्त्री शेरधन राईका श्रीमती जाङ्बु शेर्पाले आफ्नो श्रीमानले बालिका खड्कालाई पीडित बनाएको प्रमाण भएको खण्डमा आफैँ श्रीमानलाई कारबाहीको कठघरामा उभ्याउन तयार रहेको बताएकी छन् '। शुक्रबार सामाजिक...

काठमाडौं । प्रदेशन नम्बर १ का मुख्यमन्त्री शेरधन राईका श्रीमती जाङ्बु शेर्पाले आफ्नो श्रीमानले बालिका खड्कालाई पीडित बनाएको प्रमाण भएको खण्डमा आफैँ श्रीमानलाई कारबाहीको कठघरामा उभ्याउन तयार रहेको बताएकी छन् ‘।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् मुख्यमन्त्री पत्नी शेर्पाले पीडित बनाएको एउटा सानो मात्रै प्रमाण भए आफैँ श्रीमानलाई कार्बाहीको कठघरामा उभ्याउन तयार रहेको बताएकी हुन् ‘।

उनले लेखेकी छन्, ‘मेरो श्रीमानले पीडित बनाएको एउटा सानो मात्रै प्रमाण भए म नै मेरो श्रीमानलाई कार्बाहीको कठघरामा उभ्याउन तयार थिए, तयार छु ! मलाई पनि भ्रम थियो

मेरो श्रीमानको गल्ती छैन भन्दा भन्दै बा कतै चुक्नु भएको पो छ कि भनेर, तर पहिला र म उहाँकी जीवन साथी भइसकेपछि वास्तविक तथ्यहरु बुझ्दा सय होइन हजार लाख प्रतिशत उहाँ निर्दोष हुनुहुदो रहेछ भन्ने कुरा म आफैले सबै तथ्यहरुको खोजी गर्दा पत्ता लगाएको छु ! ।

लामो समयदेखि श्रीमान तथा मुख्यमन्त्री राईको खड्काले चरित्र हत्या मात्र होइन ब्यक्तिगत र राजनीतिक जीवन समाप्त गर्ने सुनियोजित षडयन्त्र हुदै आएको पनि उनले बताएकी छन् ‘। साथै, यस्ता अनेकन चरित्र हत्याका हर्कत र आक्रमणका घटनाहरु हुदै आएको कुरामा आफूलाई जानकार रहेको उनले भनेकी छन् ।

प्रकाशित मिति २०७८ बैशाख १० गते शुक्रबार ११:५७
प्रतिक्रियाहरु