वीरगंज-: पर्सा जिल्लामा कोरोना संक्रमितको ग्राफ दिन प्रतिदिन बढ्दै गएको छ ।’ नेपाल भारत खुल्ला सिमाना एवं चेकजाँच प्रभावकारी नभएको र मापदण्डको पालना नगरिएको कारण पर्सामा दिन प्रतिदिन कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको छ ।
गत तीन हप्तादेखि वीरगंज लगायत पर्सा जिल्लामा नै कोरोना संक्रमितहरुको थपिदैँ गएको छ’ । चैत मसान्तसम्म दैनिक ४० देखि ६० प्रतिशतको हाराहारीमा कोरोना संक्रमण पुष्टि हुने गरेकोमा वैशाखको शुरुवातदेखि ५० देखि ८५ प्रतिशतको हाराहारीमा संक्रमित पुष्टि हुन थालेको छ ।
यही शुक्रबार मात्रै १ सय ३९ जनाको स्वाब परीक्षण गर्दा ८६ जनामा संक्रमण पुष्टि भएको छ ‘। जसमा पर्साका ६७ जना, बाराका १३ जना, रौतहटका ४ जना, मोहत्तरीका १ जना र धनुषाका १ जना रहेका छन् ।
संक्रमण पुष्टि हुनेहरुमध्ये ६३ जना पुरुष रहेका छन् भने २३ जना महिला रहेको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डा। सरोज रोशन दासले जानकारी दिए’ ।
उनका अनुसार संक्रमण पुष्टि हुनेहरुको सिटि भ्यालु १४ देखि ३४ सम्म रहेको छ भने नारायणी अस्पतालको आइसुलेशनमा हालसम्म ३१ जना उपचारार्थ रहेका छन् ‘।
यसैगरि वैशाख ९ गते मात्रै १ सय ३८ जनाको पिसिआर परीक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएको थियो । जसमा पर्साका ५७ जना, बाराका १८ जना, सर्लाहीका २ जना, एवं धनुषाका १ जना रहेका थिए’ ।
जसमा ५२ जना पुरुष र २६ जना महिला रहेका थिए । यसरी नै वैशाख ८ गते १ सय ९२ जनाको पिसिआर परीक्षण जना ८८ जनामा संक्रमण पुष्टि भएको थियो ।
जसमा पर्साका ७९ जना, बाराका ७ जना, रौतहटका १ जना एवं रुकुमका १ जना रहेका थिए । संक्रमण पुष्टि हुनेहरुमा ६४ जना पुरुष र २४ जना महिला थिए ‘।
यसरी तथ्याँकलाई हेर्ने हो भने दिनप्रतिदिन पर्सामा कोरोना संक्रमितहरुको ग्राफ बढ्दै गएको देखिन्छ ‘। नेपाल भारत खुल्ला सिमानाको भार पनि वीरगन्ज लगायत पर्सा जिल्लाले खेप्नु परि रहेको कारण र आम नागरिकहरुले कोरोना विरुद्धको मापदण्डलाई पूर्ण रुपले पालना गर्न नसक्नुको कारण पनि पर्सा दिन प्रतिदिन कोरोना संक्रमणको केन्द्र विन्दु बन्दै गएको छ’ ।
अर्कोतर्फ कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्यामा पनि वृद्धि हुँदै गएको छ’ । पछिल्लो एक हप्ता यता नारायणी अस्पतालमा दैनिक १ देखि २ जनाको मृत्यु भइरहेको अवस्था छ भने एक हप्तायता मात्रै नारायणी अस्पतालमा ७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाई सकेका छन् ।
वीरगन्जमा कारोना संक्रमितहरुको व्यवस्थित उपचार नहुनु, आइसुलेशनको व्यवस्था नहुनु तथा अक्सिजन चाहिने जति उपलब्ध नहुनुले पनि संक्रमितहरुको मृत्युदर पनि बढ्दै गएको छ’ ।
वीरगन्जमा च्याउ जस्तै निजी अस्पतालहरु दर्जनौं रहेतापनि एम।सि।सि।को बैठकले निर्णय गरेको प्रत्येक निजी अस्पतालले २० प्रतिशत वेड कोरोना संक्रमितको लागि छुट्याउने निर्देशन पनि पालना हुन नसकेको कारण नारायणी अस्पतालले मात्रै कोरोना संक्रमितहरुको उपचारलाई धान्न नसक्ने अवस्थामा पुगेको छ’ ।
हालसम्म पर्सा जिल्लामा ३ हजार ७ सय ९२ जना कोरोना संक्रमण पुष्टि भएको छ, जसमा २ हजार ८ सय ६५ जना पुरुष र ९ सय २७ जना महिला रहेका छन् ।’ यसैगरि हालसम्म ३ हजार १ सय ९९ जना निको भएर घर फर्किसकेका छन् भने ६२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।
कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ३ सय ७८ जना पुरुष तथा १ सय ९९ जना महिला गरि ५ सय ७७ जना संक्रमित होम आइसुलेशनमा छन् ।
कोरोना संक्रमण पुष्टि हुनेहरुमा स्वास्थ्यकर्मी १ सय ५९ जना, अस्पताल सरसफाईकर्मी ५१ जना, एम्बुलेन्स चालक ३ जना, सञ्चारकर्मी १४ जना, कैदीबन्दी १ सय ८ जना एवं सुरक्षाकर्मी १ सय ६९ जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वर चौरसियाले जानकारी दिएका छन्’ ।
प्रकाशित मिति २०७८ बैशाख १० गते शुक्रबार ०९:०८