काठमाडौं -: प्रधानमन्त्री केपी शर्मा ओलीले काठमडौंबासीलाई दीपावली मनाउ आग्रह गर्नुभएको छ । शनिबार पुनर्निमित ऐतिहासिक धरहरा समुद्घाटन समारोहपछि बोल्दे यो खुसीको क्षणमा काठमाडौंबासीलाई दीपावली मनाउन आग्रह गर्नुभएको हो ।
उहाँले भन्नभुयो,पुनर्निर्मित धरहराको फेदमा हामी यो कार्यक्रम मनाइरहेका छौँ । यतिबेला काठमाडौंबासी दिदी बहिनी तथा दाजुभाइमा जुन गर्व अनुभुति छ, त्यसमा सरिक हुन चाहन्छु ।
आज यो उपलक्ष्यमा काठमाडौंबासीले दीपावली गर्नुहुने विश्वास लिएको छु । कमसेकम यो खुसीको क्षणमा दीपावली गर्न सक्छौँ र दीपावली गर्न आग्रह गर्न चाहन्छु ।’
प्रधानमन्त्री ओलीका अनुसार धरहरा पुनर्निमाण मात्र नभए रानीपोखरीको पुनर्निमाण र मेलम्चीको पानी पनि काठमाडौंमा ल्याइपुर्याइएको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, धरहरा निर्माण हुँदोरहेछ भयो, रानीपोखरो बन्यो, मेलम्चीको पानी आयो । अब, भृकुटीमण्ड, टुँडिखेलको डिजाइन दुई तीन वर्षभित्र हुन्छ । काठमाडौं विश्वका मानिसलाई आउ आउ जस्तो, फर्र्किंदा फेरि भ्रमण गर्नु काफी छैन फेरि एकपटक आउनुपर्छ भन्ने बनाइनेछ ।
यसैगरी आज अर्काे ऐतिहासिक दिन अर्थात् १५ वर्षअघि लोकतन्त्र प्राप्ति भएको उहाँले बताउनुभएको छ । र, लोकतन्त्र दिवसको अवसरमा सबैलाई प्रधानमन्त्री ओली शुभकामना दिनुभएको छ ।नेपाली जनतालाई सुखी बनाउन सबै आ–आफ्नो ठाउँबाट लागिपर्न उहाँको आह्वान रहेको छ ।
प्रकाशित मिति २०७८ बैशाख ११ गते शनिवार ०१:५६