काठमाडौं -: नेकपा (एमाले)ले माधव नेपाल पक्षका केही सांसदलाई निष्कानको तयारी गरेको छ ‘। माधव नेपाल, भीम रावलसहित निलम्वित चार र अन्य नेतामाथि समेत थप कारवाही हुने लागेको एमाले स्रोतले जनाएको छ ।
माधव नेपाल र झलनाथ खनालले फ्लोर क्रस गरेर अविश्वास प्रस्ताव पारित गर्ने प्रतिबद्धता जनाएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन लागेको जानकारी पाएपछि बालुवाटारमा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बोलाइएको छ ।
सोही बैठकले स्पष्टीकरण सोधिएका सांसदहरुमाथि कारवाही प्रक्रिया अघि बढाउन लागेको स्रोतले जनाएको छ ‘। कारवाहीको प्रकृतिबारे प्रष्ट पारिएको छैन ।एमालेको विधानले दललाई तत्कालै कुनै ठूलो हानी हुने अवस्था आएमा सांसदलाई ६ महिनासम्म निलम्बन गर्न सक्ने अधिकार दिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउनु भएको छ ‘। बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नपालले बिपक्षीसँग मिलेर पार्टीकै बिरुद्धमा अभियान चलाउन चालेको सूचना पाएपछि अध्यक्ष ओलीले आज आकस्मिक रुपमा महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउनु भएको हो ।
बैठक ११ बजे बोलाइएको केन्द्रीय सदस्य दीपक देवकोटाले जानकारी दिनुभयो । ‘आजको बैठकको एजेण्डा केन्द्रीय कमिटी सदस्यहरुलाई जानकारी नगराइएको भए पनि यसअघि बसेको बैठकको निरन्तरता रहेको बताइएको छ ।
केन्द्रीय कमिटी सदस्य देवकोटाकाअनुसार यसअघि वैशाख ६ र १० गते बसेको बैठकको निरन्तरता भए पनि बाँकी नेताहरुको जिम्मेवारी तोक्ने र माधवकुमार नेपाल पक्षका नेताहरुको कारवाही बारे थप छलफल हुनसक्छ ‘।
गत ६ बसेको बैठकले नेपाल पक्षका नेताहरुलाई स्पष्टीकरण सोधिएको थियो । अधिकांश नेताहरुले स्पष्टीकरण बुझाई सक्नुभए पनि त्यसबारे निर्णय हुन बाँकी छ ‘। आज आकस्मिक बोलाइएको बैठकमा त्यसबारे छलफल र निर्णय हुनसक्ने केन्द्रीय सदस्य देवकोटाले बताउनुभयो ।
प्रकाशित मिति २०७८ बैशाख १२ गते आईतबार १०:५९