काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि देशभर लकडाउन गर्नु नपर्ने बताएका छन् ।दैनिक रुपमा कोरोनाका बिरामी तिब्र रुपले बढिरहँदा प्रधानमन्त्रीले शनिबार यस्तो प्रतिक्रिया दिएका हुन् । उपप्रधानमन्त्री...
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि देशभर लकडाउन गर्नु नपर्ने बताएका छन् ।दैनिक रुपमा कोरोनाका बिरामी तिब्र रुपले बढिरहँदा प्रधानमन्त्रीले शनिबार यस्तो प्रतिक्रिया दिएका हुन् । उपप्रधानमन्त्री तथा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र
सीसीएमसीका संयोजक ईश्वर पोखरेलले कोभिड संक्रमको पछिल्लो अवस्थाबारे ब्रिफिङ गराउँदा प्रधानमन्त्रीले देशभर नै लकडाउन गर्नुपर्ने अवस्था नभएको बताएका थिए । बरु नागरिकलाई सचेत गराउने र केही क्षेत्रलाई संवेदनशील क्षेत्रको रूपमा राखेर नियन्त्रणका उपाय अघि बढाउन उनले निर्देशन दिएका थिए ।
लकडाउन गर्नै परेको अवस्थामा केही सहरमा मात्रै गर्नसकिने र त्यसका लागि अन्य बन्दोबस्त मिलाउनुपर्ने समेत प्रधानमन्त्री ओलीले बताए । कोभिड-१९ को संक्रमणबारे ब्रिफिङ सुनेपछि लकडाउन गर्नुपर्ने अवस्था नरहेको भन्दै यही संयन्त्रको उपयोग गरी नियन्त्रणमा लाग्न प्रधानमन्त्रीले निर्देशन दिएका थिए ।
संक्रमण रोक्न स्थानीय तहले नै कडाइका साथ स्वास्थ्य मापदण्ड लागू गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड छ । तत्काल लकडाउन गरिहाल्ने अवस्था छैन । सबै जनाले कडाईका साथ स्वास्थ्य मापदण्ड अपनाउनु पर्छ’प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै सीसीएमसीका सचिव खगराज बरालले भने ।
नेपालमा पनि दोस्रो लहरको संक्रमण फैलिन थालेपछि सरकारले स्वास्थ्य मापदण्डमा कडाइ गराएको छ । राजधानी सहित ठूला सहरका विद्यालय बन्द गरिएको छ भने २५ जना भन्दा धेरै व्यक्तिलाई भेला हुन दिइएको छैन । साथै सार्वजनिक सवारी साधनमा मास्क र स्यानिटाइजर अनिवार्य गरिएको छ ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७