माधव नेपालको साथ छाड्ने झलनाथ खनालको संकेत !

माधव नेपालको साथ छाड्ने झलनाथ खनालको संकेत !

छाँयापाटी

@छाँयापाटी

२०७८ बैशाख १२ गते आईतबार ०२:५९

नेकपा एमालेभित्रको विवाद चर्किदै गएको छ । पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीचको भेटवार्ता निष्कर्षविहिन बनेपछि विवाद थप उत्कर्षमा पुगेको हो । यसैबीच, नयाँ पार्टी खोल्ने कुरा गरेपछि माधव नेपालको साथ छाड्नेहरुको...

नेकपा एमालेभित्रको विवाद चर्किदै गएको छ । पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीचको भेटवार्ता निष्कर्षविहिन बनेपछि विवाद थप उत्कर्षमा पुगेको हो । यसैबीच, नयाँ पार्टी खोल्ने कुरा गरेपछि माधव नेपालको साथ छाड्नेहरुको लर्को लाग्ने संकेत देखिएको छ । पार्टीका अर्का वरिष्ठ नेता झलनाथ खनालले समेत नेता नेपालका पछिल्ला गतिविधीप्रति असन्तुष्टी व्यक्त गरेका छन् ।

नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले अर्का नेता माधव कुमार नेपाललाई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग अब एक्लाएक्लै भेटवार्ता नगर्न सुझाव दिएका छन् । पछिल्लो समय पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला अध्यक्ष ओली र नेता नेपालबीच एक्लाएक्लै भेटवार्ता गरेका थिए ।

हिजो र आज अध्यक्ष ओली र नेता नेपालले काठमाडौंको नक्सालस्थित् होटेल मेरियटमा एक्लाएक्लै भेटवार्ता गरेको तर बिनानिश्कर्ष वार्ता टुँग्गिएपछि नेता खनालले यस्तो बताएका हुन् । उनले नेता नेपालालई अब अध्यक्ष ओलीसँग एक्लाएक्लै वार्ता नगर्न सुझाएका छन् ।

आज राति ८ः०० बजे प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण हुने जनता जान्न चाहन्छन् कार्यक्रमको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै खनालले अब अध्यक्ष ओलीसँग एक्लाएक्लै वार्ता गर्न नहुने धारणा राखेका थिए ।

उनले नेता नेपाललाई आफूले ‘अब मेरियट होटलमा बसेर वार्ता गरेर समस्या समाधान हुँदैन् । वारपारको लागि गर्ने हो भनेपनि दुवै पक्षको सामूहिक रुपमा बस्नुपर्छ । मैले माधवजीलाई यही सुझाव दिएको छु ।

यता सत्तारुढ नेकपा एमालेमै फर्किएको घाषणा गरे पनि माधवकुमार नेपालको माया प्रेम पुष्पकमल दाहाल, प्रचण्ड नेतृत्वको नेकपा माओवादीमै रहेको तथ्य प्रष्ट भएको छ । पारिवारिक कामका लागि जनकपुर आउनु भएका नेता नेपाललाई स्वागत गर्न माओवादी नेताहरु पुगेसँगै यो तथ्य प्रष्ट भएको हो ।

एमालेका निलम्बित नेता नेपाललाई जनकपुर विमानस्थलमा माओवादी नेताद्वय रामचन्द्र झा र रामकुमार शर्माले फुलमाला लगाएर स्वागत गरेका छन् ।

काठमाडौंमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसंगको छलफललगत्तै जनकपुरधाम आउनु भएका नेता नेपाललाई एमाले भन्दा अग्र भागमा बसेर माओवादी नेताले स्वागत गरेका हुन् ।

माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री झा र शर्मा नेता नेपाललाई स्वागत गर्न फुलमाला बोकेर विमानस्थल पुगेका थिए । नेता नेपाल यदुवंश झाको नातीको ब्रतबन्ध र मोडल क्याम्पस जनकपुरका संचालक वीरेन्द्र साहको छोराको विवाहमा सहभागी हुन जनकपुरधाम आएका हुन् ।

प्रकाशित मिति २०७८ बैशाख १२ गते आईतबार ०२:५९
प्रतिक्रियाहरु