विमान चलिरहे सार्वजनिक सवारी पनि बन्द गर्दैनौं : यातायात व्यवसायी सही निर्णय या गलत ?

विमान चलिरहे सार्वजनिक सवारी पनि बन्द गर्दैनौं : यातायात व्यवसायी सही निर्णय या गलत ?

छाँयापाटी

@छाँयापाटी

२०७८ बैशाख १३ गते सोमबार ०४:३५

१३ वैशाख, काठमाडौं -: यातायात व्यवसायीहरुले विमानलाई चल्न दिएर सार्वजनिक सवारी मात्रै बन्द गर्ने गरी निर्णय भएमा अवज्ञा गर्ने चेतावनी दिएका छन् । जिल्ला प्रशासन कार्यालयहरुले गरेको सार्वजनिक यातायात बन्द गर्ने निर्णयमा द्वैध...

१३ वैशाख, काठमाडौं -: यातायात व्यवसायीहरुले विमानलाई चल्न दिएर सार्वजनिक सवारी मात्रै बन्द गर्ने गरी निर्णय भएमा अवज्ञा गर्ने चेतावनी दिएका छन् । जिल्ला प्रशासन कार्यालयहरुले गरेको सार्वजनिक यातायात बन्द गर्ने निर्णयमा द्वैध नीति देखिएपछि यातायात व्यवसायीले असन्तुष्टि पोखेका हुन् ।

काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले असोज १६ गतेदेखि सार्वजनिक यातायात बन्द गरेर निषेधाज्ञा लगाउने निर्णय गरेका छन् । जसमा आन्तरिक हवाई सेवाका विमानलाई भने यथावत रुपमा सञ्चालन गर्न दिने उल्लेख छ ।

ठूला व्यवसायीको लगानी रहेको विमानमाभरि यात्रु बोक्न दिने, बसमा यात्रु किन बोक्न नदिने ? भन्दै उनीहरुले गाडीमा पनि सिट क्षमताअनुसरकै यात्रु बोक्न पाउनुपर्ने माग अघि सारेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला सवारीलाई रोक्दै विमान चलाएर महामारी नरोकिने बताए । ‘हामीले सवारी बन्द गरेर महामारीको चेन ब्रेक हुन्छ भने हामी योगदान गर्न तयार नै छौं,उनले भने, तर, हामीले सवारी बन्द गरेर बस्दा विमान चलिरहेमा त्यसले कसरी महामारी रोकिन्छ ?

आन्तरिक उडानमा यात्रुबीच दूरीको नियम पालना हुँदैन । विमानका यात्रु र वायुसेवा सञ्चालकले जे–जे मापदण्ड पालना गर्छन्, हामी पनि त्यो पूरा गर्न आफूहरु पनि तयार रहेको उनको भनाइ छ ।

‘सरकारले बसमा विमानमा भन्दा सानो लगानी छ भनेर द्वैध खालको नीति लिँदा यात्रु र व्यवसायी मर्कामा पर्छन्,’ सिटौला भन्छन्, ‘ कि बस चढ्न बाध्य गरिब नागरिकले मात्र कोरोना सार्छ, विमानमा उड्नेहरुले माहमारी नफैलाउने हो ?

महासचिव सिटौलाले सरकारले दोहोरो खालको निर्णय लिएमा आफूहरुले सरकारी निर्णयको अवज्ञा गर्ने उनले बताए ।मैले यसबारे गृहसचिव र काठमाडौंका प्रमुख जिल्ला अधिकारीज्यूलाई विभेदपूर्ण निर्णय नगर्नका लागि अनुरोध गरिसकेका छौं,उनले भने, हामी महामारी रोक्न तयार छौं, अरुलाई पनि जिम्मेवार बनाउनुस् भनेको छु ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारी धरासायी हुन लागिसकेको उड्डयन क्षेत्रलाई राहत दिने सरकारी सोचअनुसार विमान बन्द गर्न नहुने बताउँछन् ।

उनका अनुसार विमानस्थलमा अहिले हेल्थ डिक्लेरेसन फाराम भर्नुपर्ने व्यवस्था छ । त्यसमा यात्रुले आफू स्वस्थ रहेको स्वघोषणासहितको विवरण भर्नुपर्छ ।

आन्तरिक उडान बढीमा एक घण्टाको हुन्छ । बीचमा चढ्ने–ओर्लने गर्नुपर्दैन । यात्रा अवधिभर मास्क र फेस सिल्ड अनिवार्य छ ।विमानको यात्रा संवेदनशील हुने भएकाले यात्रु आफैं अनुसाशित भएर बस्ने भएकाले जोखिम कम रहेको सरकारी तर्क छ ।अनलाइन खबर बाट साभार

प्रकाशित मिति २०७८ बैशाख १३ गते सोमबार ०४:३५
प्रतिक्रियाहरु