निषेधाज्ञा हुने भएपछि एकैदिन ५ लाखले छाडे काठमाडौं

निषेधाज्ञा हुने भएपछि एकैदिन ५ लाखले छाडे काठमाडौं

छाँयापाटी

@छाँयापाटी

२०७८ बैशाख १५ गते बुधबार ०९:०३

काठमाडौं -:  काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएसँगै उपत्यका छोड्ने सर्वसाधारणको चाप बढेको छ '। यकिन तथ्याङ्क कतै अद्यावधिक नगरिए पनि यात्रु चाप हेर्दा झन्डै पाँच लाखले एकै दिन उपत्यका छाडेको अनुमान छ । कोरोना भाइरस महामारीको...

काठमाडौं -:  काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएसँगै उपत्यका छोड्ने सर्वसाधारणको चाप बढेको छ ‘। यकिन तथ्याङ्क कतै अद्यावधिक नगरिए पनि यात्रु चाप हेर्दा झन्डै पाँच लाखले एकै दिन उपत्यका छाडेको अनुमान छ ।

कोरोना भाइरस महामारीको नयाँ सङ्क्रमण भयावह रूपमा फैलिएको भन्दै त्यसको रोकथाम तथा नियन्त्रणका लागि बिहीबारदेखि लागू हुने गरी काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ‘।

गोँगबुस्थित नयाँ बसपार्क मङ्गलबार बिहानैदेखि घर फर्किनेहरूले खचाखच भरिएको थियो ।’ यातायात व्यवसायी मिन पनेरुले बसपार्कबाट छुटेका प्रायः सबै सवारी साधन यात्रुले भरिभराउ भएको जानकारी दिए ‘।

देशका विभिन्न स्थानबाट काठमाडौँ उपत्यका भित्रिएका बस, माइक्रोबस र मिनीबसलाई तत्कालै सम्बन्धित गन्तव्यमा पठाउने काम भइरहेको उनले जानकारी दिए’ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मङ्गलबार मात्र झन्डै पाँच लाख जनाले उपत्यका छोडेको अनुमान गरिएको छ । ‘महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक जनक भट्टराईले सङ्ख्यामा उल्लेख गर्न नसके पनि नाकामा दशैँ–तिहारकै जस्तो भीड बढेको बताए । यो खबर आजाको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति २०७८ बैशाख १५ गते बुधबार ०९:०३
प्रतिक्रियाहरु