काठमाडौं : एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली पार्टी शीर्ष नेतासहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन्'।
प्रधानमन्त्री ओली उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री...
काठमाडौं : एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली पार्टी शीर्ष नेतासहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन्’।
प्रधानमन्त्री ओली उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, अर्थमन्त्री विष्णु पौडेल, एमाले नेता सुवास नेम्वाङसहित देउवा निवासमा पुगेका हुन्।
नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेकै माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव समूहले राष्ट्रियसभाको उपनिर्वाचनमा गठबन्धन गर्ने तयारी गरेपछि प्रधानमन्त्री ओली देउवा निवास पुग्नुलाई महत्वका साथ हेरिएको छ।
बूढानीलकण्ठमा कांग्रेस सभापति देउवासँँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्णबहादुर खड्का र सहमहामन्त्री प्रकाशशरण महत सहभागी छन् ‘।
जेठ ६ गतेका लागि बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा एमालेले गृहमन्त्री बादललााई उम्मेदवार बनाउने निर्णय गरेको छ भने विपक्षी गठबन्धनले डा. ‘खिमलाल देवकोटालाई उम्मेदवार बनाउने सहमति गरेको छ।
यो सहमति लगत्तै प्रधानमन्त्री ओलीले देउवासँग समसामयिक राजनीतिक विषयमा शीर्ष नेताका साथमा छलफल सुरु ‘गरेका हुन्।माओवादीबाट निर्वाचित बादलले उनको दल माओवादी केन्द्र त्याग गरेपछि रिक्त राष्ट्रियसभा सदस्य पदमा उपचुनाव हुन लागेको हो।
बूढानीलकण्ठको यो ‘भेटलाई वैशाख २७ गतेका लागि आह्वान गरिएको प्रतिनिधिसभाको विशेष अधिवेशनको तयारीको रुपमासमेत हेरि’एको छ। प्रधानमन्त्री ओलीले सोमबारबा लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेका छन्’। अधिवेशनको प्रयोजन भने विश्वासको मत लिने रहेको छ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७