ओली सरकार निरन्तर रहे लोकतन्त्र र राष्ट्रियताकै मुद्दा खतरामा : माओवादी केन्द्र

ओली सरकार निरन्तर रहे लोकतन्त्र र राष्ट्रियताकै मुद्दा खतरामा  : माओवादी केन्द्र

छाँयापाटी

@छाँयापाटी

२०७८ बैशाख २३ गते बिहिबार ०९:०७

काठमाडौं : माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन ३८ महिनापछि फिर्ता लिएको छ । उक्त पार्टीले समर्थन फिर्ताको पत्र बुधबार संघीय संसद् सचिवालयमा बुझाएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक...

माओवादीको समर्थन फिर्ता

काठमाडौं : माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन ३८ महिनापछि फिर्ता लिएको छ । उक्त पार्टीले समर्थन फिर्ताको पत्र बुधबार संघीय संसद् सचिवालयमा बुझाएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद् सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र बुझाएका हुन् ।

‘प्रधानमन्त्रीले संविधानविपरीत कदमहरु चाल्दै गइरहनुभएको छ । उहाँकै सरकार निरन्तर रहिरहँदा राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सबै मुद्दाहरुमा गम्भीर खतरा पैदा भएर कालान्तरमा राष्ट्रिय स्वाधीनताकै मुद्दा गम्भीर खतरामा पर्न सक्ने भएकाले आजैका मितिदेखि लागू हुने गरी समर्थन फिर्ता लिएका छौं’, प्रमुख सचेतक गुरुङले  भने ।

एमाले अध्यक्ष माओवादीको समर्थनमा २०७४ फागुन ३ गते प्रधानमन्त्री भएका थिए । उक्त दुई पार्टी मिलेर २०७५ जेठ ३ गते नेकपा गठन भएको थियो । तर, सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एकता बदर गर्दै एमाले र माओवादी केन्द्रलाई ब्युँताएको थियो ।

माओवादीले समर्थन फिर्ता लिएसँगै ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रतिनिधिसभामा माओवादीको ४९ सिट (सभामुखसहित) सिट छ, एमालेको १ सय २१ ।

गुरुङले नियमित अधिवेशन बोलाउनुपर्नेमा विश्वासको मत मात्रै लिने गरी विशेष अधिवेशन बोलाउनु त्रुटिपूर्ण रहेको प्रतिक्रिया दिए । यसो गर्नु संविधान विपरीत रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति २०७८ बैशाख २३ गते बिहिबार ०९:०७
प्रतिक्रियाहरु