पोखरा-: राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले गण्डकीमा पार्टीको ह्वीप नमान्ने सांसदलाई कारबाही हुने बताएका छन्। पार्टीको निर्णय नमान्ने जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापालाई कारबाही हुने अध्यक्ष केसीले बताएका हुन्।
उनले ले पार्टीको ह्वीप नमान्नेलाई प्रक्रियाअनुसार कारबाही हुने बताए। ‘पार्टीले सांसद बनाउँछ, पार्टीले नेता बनाउँछ पार्टीले सबै बनाउँछ। अब त्यसपछि बिक्री हुने, इमान बेच्ने, नीति बेच्ने, चरित्र बेच्नेलाई कारबाही हुन्छ’।
पार्टीको विधानअनुसार कारबाही प्रक्रिया अघि बढ्छ,’ उनले भने। पार्टीको निर्णय विपरीत सांसद थापाले नयाँ सरकार गठनमा विपक्षी गठबन्धनलाई सहयोग नगर्ने निर्णय गरेका थिए। उनको निर्णयसँगै विपक्षी गठबन्धनको सरकार नबन्ने देखिएको छ।
नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।’ देउवालाई भेट्न नेता नेपाल आफूनिकट नेता भीम बहादुर रावललाई लिएर बुढानिलकण्ठ पुगेको विश्वस्त स्रोतले जनाएको छ ‘।
देउवा र नेपालबीच मंगलबार दिउँसो नै भेट्ने समय तय भएको थियो ‘। तर, नेता नेपाल आफूनिकट नेता तथा सांसदहरुसँग आन्तरिक छलफलमा व्यस्त भएकोले दिँउसो भेटवार्ता हुन सकेको थिएन । देउवा, नेपाल र रावलबीचको भेटवार्तामा वैकल्पिक सरकार गठनबारे गम्भीर छलफल भएको पनि स्रोतको दाबी छ ‘।
एमालेभित्र नेपाल पक्षले पार्टीको ह्वीप उल्लंघन गरेर हिजो नै एक किसिमको विद्रोह गरेको अवस्था छ । तर, अहिलेसम्म ह्वीप उल्लंघन गरेपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षधर २८ सांसदलाई कारबाही प्रक्रिया भने अघि बढाएका छैनन् ।’ प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत पाएनन् ।
हिजो संसदमा २३२ जना उपस्थिति भएकोमा उनको पक्षमा जम्मा ९३ मात्रै मत पाएका थिए भने उनको विपक्षमा १२४ मत खसेको थियो । जसपाका १५ सांसद तटस्थ बसेका थिए ।
संसदमा कुल २७१ संख्या छ । ‘अहिले नयाँ सरकार गठनको लागि जसपाको महन्थ ठाकुर पक्ष र एमालेको माधव नेपाल नै निर्णायक शक्ति बनेको छ । ‘वैकल्पिक सरकार गठनको लागि कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षले पहल लिएका छन् । कांग्रेस सभापति देउवाको नेतृत्वमा वैकल्पिक सरकार गठनको लागि तीन दलका नेता सक्रिय भएका छन् ।
देउवाले माधव नेपाल पक्षका सांसदको भूमिका के हुने हो ? भनेर चिन्ता गरिरहेको बेला आज साँझ नेता नेपाल भीम रावलसहित देउवा निवास पुगेको स्रोतको दाबी छ । नेता नेपालले यसअघि पनि देउवालाई भेटेर सरकार बनाउनको लागि पहल लिन आग्रह गरिसकेका थिए । ‘आजको भेटमा पनि नेपालले देउवालाई आफ्नो साथ रहने भन्दै नयाँ सरकार गठनको लागि सघाउने वचन दिएका छन् ।
नेपाल र रावलसँग भेट्नुअघि कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बसेको थियो ।’ देउवाले आज विहान मात्रै प्रचण्ड र उपेन्द्र यादवसँग पनि भेटवार्ता गरिसकेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ को २ बमोजिम सरकार गठनको लागि दलहरुलाई बैशाख ३० गते राति ९ बजेसम्मको समयसिमा राखेर आह्वान गरेकी छिन्’ ।
माधव नेपाल पक्षधरले हिजो संसद बैठक बस्नुअघि सामूहिक राजीनामा दिने तयारी गरेको थियो । तर, अन्तिममा यो समूहले संसद बैठकमा अनुपस्थित हुने निर्णय गर्दै पार्टी एकता जोगाउनको लागि प्रयास जारी राख्ने निर्णय गर्यो । र, २८ जना सांसद बैठकमा गएनन् । ‘आज नेता नेपाल आफू पक्षधर स्थायी कमिटी सदस्य र सांसदहरुसँग छलफलमा बसेका थिए ।
यो समूहमा अझैपनि संयुक्त रुपमा राजीनामा दिनुपर्ने सांसदहरुको बहुमत छ ‘। तर, योगेश भट्टराई, घनश्याम भुषाल र गोकर्ण विष्टलगायतका नेताहरुले भने राजीनामा दिन नहुने भन्दै पार्टी एकताको पक्षमा अझै लचिलो बन्नुपर्ने भन्दै नेता नेपालमाथि दबाब सिर्जना गरेका छन् ।
तर, विश्वस्त सूत्रले दिएको जानकारीअनुसार नेपाल पक्षधर कम्तिमा पनि २० जना सांसदले राजीनामा दिनेगरि तयारी भएको छ । यो भयो भने विपक्षी गठबन्धनको सरकार बन्न सहज वातावरण बन्ने पनि यो समूहले विश्वास लिएको छ । आजको देउवावसँगको भेटवार्तामा पनि यही विषयमा छलफल भएको स्रोतको दाबी छ ‘।
तर, नेपाल पक्षधर केही स्थायी कमिटी सदस्यहरुले भने आफूहरु सरकार बनाउने खेलमा अरु दलको लागि सहयोगी भूमिकामा नउत्रिने बताईसकेका छन् । ‘आजको छलफलमा समेत आफूहरुको संघर्ष पार्टी एकताको लागि भएकोले अझैपनि अध्यक्ष ओली २०७५ जेठ २ गते फर्किन सहमत भए पार्टी एक भएर अघि बढ्ने ती नेताहरुको विश्वास छ’ । तर, अध्यक्ष ओली भने अब कुनैप्नि हालतमा ब्याक हुने अवस्था नरहेको स्वयम ओलीनिकट नेताहरुको दाबी छ’ ।
प्रकाशित मिति २०७८ बैशाख २९ गते बुधबार ०९:३१