जसपाले गठबन्धन सरकारमा जादैनौं भनि राष्ट्रपतिलाई जानकारी गराए सगै प्रचण्ड र देउवा तर्सित

जसपाले गठबन्धन सरकारमा जादैनौं भनि राष्ट्रपतिलाई  जानकारी गराए सगै प्रचण्ड र देउवा तर्सित

छाँयापाटी

@छाँयापाटी

२०७८ बैशाख २९ गते बुधबार ०५:२८

काठमाडौं -:  जनता समाजवादी पार्टी (जसपा)ले सो पार्टी गठबन्धन सरकारमा सहभागी नहुने जनाएको छ '।जसपाका प्रथम अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नयाँ बन्न लागेको गठबन्धन...

काठमाडौं -:  जनता समाजवादी पार्टी (जसपा)ले सो पार्टी गठबन्धन सरकारमा सहभागी नहुने जनाएको छ ‘।जसपाका प्रथम अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नयाँ बन्न लागेको गठबन्धन सरकारमा जसपा सामेल नहुने स्पष्ट पारेका हुन् ।

पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव गठबन्धनमा सहभागी हुने कुरा मिथ्या भएको भन्दै ठाकुर र महतोले त्यसमा पार्टीको समर्थन नरहेको बताएका छन् ।’ शीतल निवासमा राष्ट्रपति भण्डारीलाई पत्र बुझाएर गठबन्धनको सरकारमा नजाने जसपाले स्पष्ट पारेको हो ।

राष्ट्रपतिले संयुक्त सरकार बनाउन आह्वान गरेपछि नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन कसरत तीब्र पारेको छ । ‘तीन दिनको समय सीमा भोलि राति नौ बजे सकिदैछ ‘।

यो पनि पढ्नुहोस

जलजला गाउँपालिका–२ मा निषेधाज्ञाका समयमा बिहे भोज चलाउने व्यक्ति पक्राउ परेका छन् । कोरोनाको हटस्पट जलजला –२ माझफाँटमा बिहेको भोज गर्ने दुई दुलहा आज पक्राउ परेका हुन् ‘।

मंगलबार बिहे गरेका दुई जनाले आज एकै ठाउँमा भीड गरेर भोज चलाएको सूचना पाएपछि प्रहरीले २३ वर्षीय प्रदीप परियार र २४ वर्षीय राजकुमार परियारलाई पक्राउ गरेको छ । उक्त गाउँमा कोरोनाका सक्रिय संक्रमित ७५ जना छन् ।

जिल्ला प्रशासन कार्यालयले बिहे तथा काजक्रियामा १० जना मात्रै सहभागी हुने आदेश जारी गरे पनि बिहेभोजमा ३०÷४० गाउँले भेला भएको प्रहरीले जनाएको छ ‘। प्रहरी पुगेपछि सहभागी भागाभाग भएका थिए’ ।

प्रहरीले सबै भागेपछि दुई बेहुलालाई समातेर आवश्यक कारवाहीपछि छाड्ने जनाएको छ’ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप पौडेलले स्वास्थ्य मापदण्ड पालना नगरी बिहेभोज गरेको पाइएपछि दुवै बेहुलालाई नियन्त्रणमा लिइएको बताउनुभयो’ ।

प्रकाशित मिति २०७८ बैशाख २९ गते बुधबार ०५:२८
प्रतिक्रियाहरु