प्रचण्डको चुरीफुरी सकियो ,अन्तत् देउवालाई पनि डुबाए !

प्रचण्डको चुरीफुरी सकियो ,अन्तत् देउवालाई पनि डुबाए !

छाँयापाटी

@छाँयापाटी

२०७८ बैशाख ३१ गते शुक्रबार ०९:३५

काठमाडौं – नेपाली कांग्रेस र माओवादी केन्द्रले वैकल्पिक सरकार बनाउन गरेको प्रयास विफल भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमाभित्र विपक्षी गठबन्धनले बहुमत जुटाउन नसकेको हो´ । यससँगै एमाले अध्यक्ष केपी शर्मा ओली...

काठमाडौं – नेपाली कांग्रेस र माओवादी केन्द्रले वैकल्पिक सरकार बनाउन गरेको प्रयास विफल भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमाभित्र विपक्षी गठबन्धनले बहुमत जुटाउन नसकेको हो´ ।

यससँगै एमाले अध्यक्ष केपी शर्मा ओली सबैभन्दा ठूलो दलका नेताको हैसियतमा पुनः प्रधानमन्त्री नियुक्त भएका छन् । ´राष्ट्रपति भण्डारीले बिहीवार साँझ संविधानको धारा ७६ (३) बमोजिम एमाले संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् ।

प्रधानमन्त्री ओलीले शुक्रवार शपथ लिने तय भएको छ´ । यससँगै ओलीले एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई समेटेर मन्त्रिपरिषद् गठन गर्ने स्रोतले जनाएको छ ।

ओलीले जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई पनि सरकारमा आउन आग्रह गरेका छन् ´। ओलीले अब संविधानको धारा ७६(४) बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

ओलीले यसअघि प्रधानमन्त्रीका रुपमा प्रतिनिधि सभामा विश्वासको मत गुमाएसँगै राष्ट्रपति भण्डारीले संविधानको धारा ७६(२) बमोजिम सरकार बनाउन दाबी पेश गर्न बिहीवार राति ९ बजेसम्मको समय दिएकी थिइन्´ ।

तर समयावधिभित्र कसैको पनि दाबी पेश हुन नआएको राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले प्रेस विज्ञप्तिमार्फत जनाएका छन्´ ।

बिहीवार दिनभरको रक्साकस्सीबीच संयुक्त सरकार बन्ने वातावरण बनाउन विपक्षी दल असफल भएका हुन् । एमाले विभाजन अन्तिम घडीमा टर्दा विपक्षी गठबन्धनले बहुमत जुटाउन सकेन´ । कांग्रेस र माओवादी नेता एमालेको नेपाल पक्षको आशामा बहुमत जुटाउन लागेका थिए ।

तर प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीचको वार्ताले एमालेमा निकासको बाटो खोजेको छ ।´ ओलीसँग घनिभूत संवादपछि नेता नेपालले विवाद समाधान गर्न कार्यदल बनाएर अघि बढ्ने सहमति भएको जानकारी दिए ।

विवाद सुल्झाउन मैले प्रधानमन्त्रीलाई ६ बुँदे शर्त राखेर लेखेको पत्रका विषयमा धेरैबेर छलफल भयो, नेता नेपालले भने, फागुन २८ गतेको निर्णय फिर्ता गर्ने र पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउन एउटा विधि बनाएर जाने सहमति भएको छ ´।

नेता नेपालले आफ्नो पक्षको राजीनामा २–४ दिन टरेको बताए ।अब राजीनामा २–४ दिन टरेको छ ´। मिल्ने दिशामा अगाडि बढेको छ,’ उनले भने, ‘सहमतिका आधार सबै कुरा टुंगो लाग्छ ।

प्रधानमन्त्री ओलीले बिहीवार बिहानै नेपाललाई टेलिफोन गरी पार्टी एकताको प्रस्ताव गरेका थिए ´। त्यसपछि अर्थमन्त्री विष्णु पौडेल नेपालको कोटेश्वरस्थित निवासमा पुगे । अर्थमन्त्री पौडेलले नेपाललाई वार्ताका लागि सहमत गराएका थिए ´। एमाले स्थायी कमिटी बैठक बिहान ९ बजे बस्यो । बैठकले नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई गरिएको निलम्बनको कारबाही फुकुवा गर्ने निर्णय गर्‍यो´ ।

पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार बैठकले ओलीलाई प्रत्यायोजन गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् ´।

कारवाही फुकुवालगत्तै नेपाल पक्षीय नेता योगेश भट्टराईले स्थायी कमिटीको निर्णयलाई सकारात्मक भनेर प्रतिक्रिया दिए । ओली र नेपालबीचको वार्ता तय भयो´ । नेपाल प्रधानमन्त्री निवास बालुवाटार नजाने अडानमा रहेपछि बुढानिलकण्ठमा वार्ता गर्ने तय भयो ।

२ शीर्षस्थ नेताबीच दिउँसो २ देखि करीब साँझ ६ बजेसम्म घनिभूत संवाद भयो ´। करीब ४ घण्टा चलेको वार्ताले एमालेको सम्भावित विभाजन रोकेर एकताको बाटो तय गर्‍यो । ´एकता मजबुत गराउन कार्यदल बनाउने सहमति भयो । प्रधानमन्त्रीमा ओलीले नै निरन्तरता पाएका छन् ।

ओली र नेपालबीच वार्ता चलिरहेकै बेला ४ नेतालाई कारवाही फुकुवाको पत्र पठाइएको थियो ।´ अध्यक्ष ओलीले हस्ताक्षर गरेको पत्रमा २०७७ चैत १६ गते गरिएको प्रतिनिधिसभा सदस्यबाहेक अन्य पदको निलम्बन बैशाख ३० गतेको स्थायी कमिटी बैठकको निर्णयअनुसार फुकुवा भएको उल्लेख गरिएको छ ।

एमालेको असन्तुष्ट पक्षको माग सम्बोधन गर्न र पार्टीलाई थप एकताबद्ध गराउन ओली र नेपालबीच कार्यदल बनाउने सहमति भएको छ ´। कार्यदलमा को–को रहने भन्ने सार्वजनिक गरिएको छैन ।

संस्थापनबाट विष्णु पौडेल, शंकर पोखरेल, सुवास नेम्बाङ रहने तय भएको छ । असन्तुष्ट पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट कार्यदलमा रहनेछन् ´। २ सदस्यपछि थप्ने सहमति भएको छ ।

विपक्षी दलले दिनभर बहुमत जुटाउन हरसम्भव प्रयास गरेका थिए ।´ प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवाले जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोलाई बोलाएर सहयोग गर्न आग्रह गरे ।

तर ठाकुर र महतोले उपेन्द्र यादवलाई च्यापेर हिँडेको कारण देखाउँदै सहयोग गर्न नसक्ने बताए ।´ उनीहरु अहिलेको अवस्थामा देउवालाई सहयोग गर्न नसक्ने भन्दै बाहिरिएका थिए ।´ त्यसपछि देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा बसेका थिए ।

एमालेको नेपाल पक्षले ४ बजेसम्म राजीनामा बुझाउनेमा प्रचण्ड विश्वस्त थिए । ´तर देउवाले पहिलेदेखि नेपाल पक्षलाई पूर्ण विश्वास गर्न नसकिने बताउँदै आएका थिए । प्रचण्ड, यादव, नेपाल र रावलले देउवालाई राजीनामा बुझाउनेमा विश्वास दिलाएका थिए । ´नेपाल ओलीसँग वार्ता गर्न गएपछि ४ बजेसम्म कुर्ने कुरामा प्रचण्डले देउवालाई सहमत गराएका थिए ।

उनीहरुले ठाकुर र महतो नआउने भएपछि साँझ ४ बजेसम्म नेपाल पक्षको राजीनामा आउँछ कि भनेर कुरेका थिए । नेपाल पक्षले धोका दिएपछि उनीहरु वैकल्पिक सरकार निर्माणको दाबीबाट पछि हटेका हुन् । सरकार गठनका लागि आवश्यक पर्ने १३६ सांसदको संख्या जुटाउन नसकेपछि कांग्रेस र माओवादी दुबै दल सरकार गठनको प्रक्रियाबाट पछि हट्नुपर्ने अवस्था आएको छ । उनीहरुको साथमा कांग्रेसको ६१, माओवादी केन्द्रको ४८ र जसपाको यादव पक्षका १५ सांसद गरी १२४ मात्रै पुगेका थिए ।

तोकिएको समयमा संख्या नपुगेपछि पदाधिकारी बैठक बसेर कांग्रेसले सरकार निर्माण दाबी पेश नगर्ने निर्णय गर्‍यो । बैठकपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले बहुमतको सरकार बनाउन नसकिने निष्कर्षमा पुगेको बताए ।उपेन्द्र यादवजी त तयार हुनुहुन्थ्यो तर महन्थ ठाकुर, राजेन्द्र महतोले हामी बहुमतको सरकारमा सहभागी हुँदैनौं र समर्थन पनि गर्दैनौं भन्नुभयो सहमहामन्त्री डा. महतले भने, ‘माधव नेपालजीहरुको पनि निर्णय आएन ।

माओवादी स्थायी कमिटीको पनि बैठक बस्यो । बैठकपछि माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी सरकार गठनमा अग्रसर नहुने निर्णय गरेको बताए । एमालेको नेपाल पक्षले बहुमतको सरकार बनाउनेभन्दा प्रधानमन्त्री ओलीसँगै एकताबद्ध भएर अघि बढ्ने नीति लिएको कारण यस्तो निर्णय गर्नुपरेको प्रवक्ता श्रेष्ठले बताए ।यसलाई नेपाल पक्षले धोका दिएको भनेर त म टिप्पणी गर्दिनँ तर उहाँहरु ओलीजीसँगै एकताबद्ध भएर जाने नीतिमा गएको देखियो,’ उनले भने । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।

प्रकाशित मिति २०७८ बैशाख ३१ गते शुक्रबार ०९:३५

प्रतिक्रियाहरु