ओलीको नयाँ मन्त्रीमण्डलको लिस्टमा भिम रावर,रामकुमारी झाँक्री र यी नेताहरु, होलान् त मन्त्री ?

ओलीको नयाँ मन्त्रीमण्डलको लिस्टमा भिम रावर,रामकुमारी झाँक्री र यी नेताहरु, होलान् त मन्त्री ?

छाँयापाटी

@छाँयापाटी

२०७८ बैशाख ३१ गते शुक्रबार ०२:४६

काठमाडौं, ३१ वैशाख -: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्रीको सपथ लिदैछन् ।' राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलका नेताको हैसियतले प्रधानमन्त्री...

काठमाडौं, ३१ वैशाख -: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्रीको सपथ लिदैछन् ।’ राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलका नेताको हैसियतले प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

ओली फेरि प्रधानमन्त्री नियुक्त भएपछि मन्त्रीहरुले पनि पुनः सपथ लिनुपर्नेछ ‘। ओलीले एमालेको माधव नेपाल पक्षधर र जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षधरलाइ पनि समेटेर मन्त्रिमण्डल बनाउने पहल गरिरहेका छन् ।

ओलीलाई फेरि प्रधानमन्त्री बन्न ठाकुर समूहको महत्वपूर्ण भुमिका खेलेको थियो ।’ तटस्थ बसेर ओलीलाई फाइदा पुग्यो । ठाकुर समूह सरकारमा सहभागी भएमा राजेन्द्र महतो, शरतसिंह भण्डारी र चन्दा चौधरी मन्त्री बन्ने निश्चितप्रायः छ । तर, ठाकुरले सरकारमा जानेमा सकारात्मक संकेत गरेका छैनन् ‘। महतो भने सरकारमा जाने पक्षमा छन् ‘।

एमालेको माधव नेपाल समूहबाट सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण बिष्टलाई ओलीले मन्त्री बनाउन खोजेका छन्’ । तर, माधव नेपालले आफ्नो पक्ष तत्काल सरकारमा नजाने जवाफ दिएका छन् ।

पाण्डे, बिष्ट र भट्टराईले एमालेको एकता जोगाउन महत्वपूर्ण भूमिका खेलेका थिए ‘। इश्वर पोखरेल उपप्रधानमन्त्री नै रहनेछन् भने गृहमन्त्रीमा बादल र अर्थमन्त्रीमा विष्णु पौडेल नै रहनेछन् । केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर हुने बुझिएको छ ‘। केहीले पुनः मन्त्री बन्न पाउनेछैनन् ।

नेपाल समूह छाडेर ओली समूहमा पुगेका शेरबहादुर तामाङ, लालबाबु पण्डित, कृष्णभक्त पोखरेललगायतले पनि मौका पाउने सम्भावना छ । वसन्त नेम्वाङ, पद्मा अर्याल, लेखराज भट्ट, मणि थापा, प्रभु शाह, गौरीशंकर चौधरीलगायतले पुनः मौका पाउने बुझिएको छ’ ।

प्रकाशित मिति २०७८ बैशाख ३१ गते शुक्रबार ०२:४६
प्रतिक्रियाहरु