काठमाडौं -: पछिल्लो समय नेपालमा पनि दोस्रो लहरको कोरोना संक्रमण तीब्र रुपमा बढिरहेको छ । नेपालमा संक्रमितको संख्या मात्रै नभई कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि दिन प्रतिदिन बढिरहेको छ ।
सरकारले संक्रमितहरुको उपचारका लागि...
काठमाडौं -: पछिल्लो समय नेपालमा पनि दोस्रो लहरको कोरोना संक्रमण तीब्र रुपमा बढिरहेको छ । नेपालमा संक्रमितको संख्या मात्रै नभई कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि दिन प्रतिदिन बढिरहेको छ ।
सरकारले संक्रमितहरुको उपचारका लागि सरकारी अस्पतालले मात्रै धान्ने अवस्था नभएपछि विभिन्न निजी अस्पतालहरुसँग पनि सम्झौता गरिरहेको छ । सम्झौता गरेको निजी अस्पतालहरुले संक्रमितहरुको उपचार गरेबापतको शुल्क सरकारले ब्यहोर्ने बताउँदै आएको छ ।
तर, सरकारसँग सम्झौता गरेका निजी अस्पतालहरुले विभिन्न बहानामा सक्रमितहरुसँग लाखौं शुल्क असुल्दै आएको पाइएको छ । जसको ज्वलन्त उदाहरणको सरकारसँग सम्झौता गरेको विराटनगरस्थित नोबेल शिक्षण अस्पताललाई लिन सकिन्छ ।
नोबेल शिक्षण अस्पतालले विभिन्न बहानामा शुल्क असुल्दै आएको संक्रमित विरामीहरुले गुनासो गरेका छन् । यसबारे न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘कल २४’मा रिपोर्ट समेत प्रस्तुत गरिएको छ ।
जहाँ एक संक्रमितका आफन्तले भनेका छन्, ‘नोबेल शिक्षण अस्पतालमा निःशुल्क उपचार हुन्छ भनेर आएको तर, अस्पतालले सबै सामान किन्न लगाउने गरेको छ ।’
यसैबीच अस्पतालका प्रबन्धक नारायण दाहालले पनि सरकारसँग सम्झौता गरे अनुसार उपचारमा कठिन हुने भएकाले संक्रमतिहरुलाई नै पीपीई र औषधिलागतय किन्न लगाउने गरेको स्वीकारेका छन् ।
तर, जिल्ला प्रशासन कार्यालय मोरङले भने सरकारसँग सम्झौता गरेका अस्पतालहरुले निःशुल्क उपचार गर्नुपर्ने र संक्रमितसँग शुल्क लिएको पाइएमा अनुगमन गरेर कारवाही गरिने दाबी गर्दै आएको छ ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७