काठमाडौँ । स्वीट्जरल्याण्डले नेपाललाई सहयोगस्वरुप दिएको कोरोना संकटविरुद्धको स्वास्थ्य सामग्री काठमाडौँ आइपुगेको छ ।’स्वीस सरकारले अनुदानमा दिएका ३० टन स्वास्थ्य सामग्री आज (शनिबार) नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । ‘एक कार्गो विमानमार्फत ती सामग्री ल्याइएको हो ।

स्वीस राजदूत एलिजावेथ भोन क्यापेलरले ती स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरेकी हुन्’ ।
ती सामग्रीहरुमा ४० वटा भेन्टिलेटर, ११ लाख –यापीड एन्टिजेन टेष्ट किट, १ लाख १० हजार के एन ९५ मास्क, ५० हजार पन्जा र १५ हजार पीपीई सेट तथा अक्सीजन कन्सन्ट्रेटर लगायत रहेका छन् ‘।
यो पनि पढ्नुहोस
बिहेघरमा कोरोना संक्रमण फैलँदा बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ ।झापाको गौरादह- ४ खङटाका ३० वर्षीय बेहुलाको कोशी कोभिड अस्पतालमा गएराति १२ः४५ बजे मृत्यु भएको हो । ‘यसअघि आमा शान्तिदेवी ताजपुरियाको बैशाख २३ गते मृत्यु भएको थियो ।
बैशाख १५ गतेतिर उनको विवाह भएको थियो ‘। विवाह भएको केही दिनमै बेहुला, उनकी नवदुलही र आमासहित पाँच जनाको पूरै परिवारलाई संक्रमण देखिएको थियो ।’ उपचारका क्रममा बेहुलाकी आमाको पनि गत वैशाख २३ गते मृत्यु भएको थियाे ।
बेहुला बैशाख २४ गतेदेखि उपचाररत थिए । गएराति उनको पनि मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठले जानकारी दिए ।’ त्यस्तै नवदुलहीको पनि कोशी कोभिड अस्पतालमा उपचार भइरहेको उनले बताए ।मानिसको भीडभाड हुनेगरी भएको’ बिहेबाटै संक्रमण सरेको नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले बताए ‘।
प्रकाशित मिति २०७८ जेठ ८ गते शनिवार ०१:०९