आज मिति २०७७ मंसिर २८ गते आइतबारको राशिफल हेर्नुहोस्

आज मिति २०७७ मंसिर २८ गते आइतबारको राशिफल हेर्नुहोस्

छाँयापाटी

@छाँयापाटी

२०७७ मङ्सिर २८ गते आईतबार ०८:०३

आज मिति २०७७ मंसिर २८ गते आइतबार, इस्वीसंवत डिसेम्वर १३ तारिक सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४१, प्रमादी नामको संवत्सर:, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार मार्गशीर्ष कृष्णपक्ष...

आज मिति २०७७ मंसिर २८ गते आइतबार, इस्वीसंवत डिसेम्वर १३ तारिक सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४१, प्रमादी नामको संवत्सर:, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार मार्गशीर्ष कृष्णपक्ष चलिरहेको छ ।

सौरमान अनुसार आज मार्गशीर्षकृष्णपक्षको चतुदर्शी तिथि रहनेछ । आज अनुराधा नक्षत्र, विष्कुम्भादि योगमा सुकर्म, करणमा भद्रा, आनन्दादि योगमा मृत्यु रहनेछ ।

सूर्य वृश्चिक राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । आज दिनमान २५ घटि ५३ पला अर्थात १० घण्टा २५ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ बजेर ४७ मिनेटमा रुद्रम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ बजेर ८ मिनेटमा हुनेछ । आज बालाचतुर्दशी अर्थात शतबीज छर्ने दिन हो ।

आजको राशिफल

मेष : आज समय खराव रहनेछ । समयको ख्याल नगर्दा वा साना तिना काममा अल्भेर बस्दा महत्त्वपूर्ण कामहरू थाती रहनेछन् । बाटो हिँड्दा वा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला गन्तव्यमा पुग्नु अगावै विभिन्न समस्याहरूको सामना गर्नु पर्नेछ । लामो समय देखिको माया प्रेममा ब्रेक लाग्नेछ । स्वास्थ्यमा समस्या आई दैनिकी प्रभावित हुनेछ ध्यान दिनुहोला । पढाई लेखाइमा समय दिए पनि भनेजस्तो उपलब्धि हासिल नहुन सक्छ ।

वृष : आज स्वास्थ्य राम्रो रहनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने दाम्पत्य जीवन सहज मार्गमा बित्नेछ । आर्थिक स्थिति मजबुत हुने तथा व्यापार व्यावासायमा मनग्ये आम्दानी हुनेछ । लामो दूरीको मनोरञ्जानात्मक यात्राको तय गरी भरपूर रमाउन सकिनेछ । पढाई लेखाइमा भनेजस्तो प्रगति हुने हुँदा मन प्रशन्न रहनेछ । भौतिक बस्तु तथा विलासी सामानको प्रयोगमार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ ।

मिथुन : आज समय राम्रो रहनेछ । विद्यामा राम्रो प्रगति हुने हुँदा पढाई लेखाइमा मन जानेछ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ भने विभिन्न अवसरहरूले पछ्याउँने हुँदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ । खनिज पदार्थको प्रयोग मार्फत यथेष्ट धन आर्जन हुने ग्रह योग रहेको छ । नयाँ सवारी साधन तथा मन परेको भौतिक सम्पत्ति लाभ हुने गतिलो सम्भावना रहेको छ ।

कर्कट : आज स्वास्थ्य भरपर्दो रहनेछैन । हुलमुल तथा विवादित विषयमा प्रवेश नगर्नु नै राम्रो रहेको छ आज हुने कुनै पनि न्यायिक निर्णय तपाईँको पक्षमा हुने छैनन् । रोग,ऋण तथा सङ्कटको सामना गर्नु पर्दा मानसिक तनाव बढ्नेछ । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी नहुँदा आर्थिक अवस्था नाजुक हुनेछ । पढ्ने लेख्ने कामहरू थाती नै रहनेछन् । आफन्त तथा मावली पक्षसँग विवाद बढ्ने योग रहेको छ ध्यान दिनुहोला ।

सिंह : आज समय शुभ छैन । केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् भने शुभचिन्तक तथा सहयोगीहरू कमै भेटिनेछन् । परिवन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला । बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्यमा पुगिनेछ ।

कन्या : आज समय अत्यन्त शुभ छ । पहिलेका कर्मयोगबाट विशेष फल प्राप्त हुने समय छ । व्यापार बढ्नेछ भने रोकिएको काम बन्नेछ । साझेदारीबाट लाभ मिल्नुका साथै जिम्मेवारी पनि बढ्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोगबाट विशेष लाभ मिल्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ ।

तुला : तुला राशि भएकाहरूका लागि आज भने समय अत्यन्तै खराब छ । सानातिना व्यवहारमै अल्झनुपर्ला। आँटले काम लिन नसक्दा पछि परिनेछ । समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ । आफ्ना काममा अरूको मुख ताक्नाले पछि परिनेछ । मिहिनेतले राम्रो परिणाम दिलाए पनि प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् । काम सम्पादन भए पनि तत्काल धेरै आम्दानीको आशा नराख्नुहोला । पछि फाइदा हुने काम प्रारम्भ हुनेछ ।

वृश्चिक : लागि आज समय अत्यन्तै राम्रो छ । व्यवसाय तथा काम गर्ने वातावरण बन्ने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । आफन्त तथा सन्तानबाट तपाईँको काममा विशेष सहयोग प्राप्त हुनेछ । बौद्धिकताको प्रयोग गरी नाम तथा दाम कमाउन सकिनेछ । नयाँ विचार दिमागमा आउने हुनाले प्रविधिको प्रयोग गरी व्यवहारमा रूपान्तरण गर्न सकिनेछ । प्रेममा सफलता मिल्नेछ । पढाइकै सिलसिलामा यात्रा गर्ने अवसर जुर्नेछ । बिहानको समय मध्यय रहेकोले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

धनु : आज स्वास्थ्यमा एक्कासी समस्या आउने, चोटपटक लाग्न सक्नेछ । आज तपाइँलाई चोरीको आरोप पनि लाग्न सक्छ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। अवसर जुटे पनि ठूलो उपलब्धि नहुन सक्छ । विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला । आवेशको निर्णयले आँटेको काम बिग्रन सक्छ । व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला ।

मकर : आज स्वास्थ्य सबल रहनेछैन । जोखिमपूर्ण कामको जिम्मेवारी प्राप्त हुनाले सावधानीका उपाय अवलम्बन गर्नुपर्ला । काममा चुनौती आउनाले सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ। वैधानिक प्रावधानले पनि घुमाउरो मार्गबाट मात्र लक्ष्यमा पुगिएला । प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्ला । फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले दिनभरि होशियार रहनुहोला ।

कुम्भ : आज समय शुभ छ, स्वास्थ्यमा सुधार आउनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ । अतिथिका रूपमा सत्कार पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ । आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ ।

मीन : आज पनि समय मध्यम खालको छ । चिताएको काममा मेसो नमिल्दा योजना पूरा नहुन सक्छ । हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। तापनि सेवामूलक कामबाट धनलाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ ।

प्रकाशित मिति २०७७ मङ्सिर २८ गते आईतबार ०८:०३
प्रतिक्रियाहरु