कालापानीका जनताले चुनावमा भोट हाल्न पाउँछन् ?ओलीबाट यस्तो जवाफ

कालापानीका जनताले चुनावमा भोट हाल्न पाउँछन् ?ओलीबाट यस्तो जवाफ

छाँयापाटी

@छाँयापाटी

२०७८ जेठ १४ गते शुक्रबार ०७:१७

काठमाडौं, १४ जेठ -: प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार विदेशी मिडियाका नेपालस्थित प्रतिनिधिहरुसँग अन्र्तक्रिया गरे । उनले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र कोरोना भाइरसको अवस्थाबारे स्पष्ट पार्न खोजे '। ओलीले चुनाव घोषणाको...

काठमाडौं, १४ जेठ -: प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार विदेशी मिडियाका नेपालस्थित प्रतिनिधिहरुसँग अन्र्तक्रिया गरे । उनले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र कोरोना भाइरसको अवस्थाबारे स्पष्ट पार्न खोजे ‘।

ओलीले चुनाव घोषणाको बचाऊ गरे । उनले मिडियामा पूर्वाग्रही खबर आइरहेको विषय पनि उल्लेख गरे ।’ चिनियाँ मिडियाका एकजना पत्रकारले प्रधानमन्त्री ओलीलाई कालापानी, लिम्पियाधुरा र लिपुलेकका जनताले आगामी निर्वाचनमा मतदान गर्न पाउँछन् कि पाउँदैनन् ? भनी सोधे । ओलीले बारम्बार त्यो प्रश्नलाई पन्छाउन खोजे ‘। दुईपटक प्रश्नबाट उम्कन खोजेपनि पत्रकारले दोहोर्याएर सोधे’ ।

ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नक्शा जारी गरिसकिएको विषय राखे ‘। तर, ५८ वर्षदेखि उक्त क्षेत्र भारतले नियन्त्रणमा राखिरहेको भन्दै जबसम्म भारतले छाड्दैन तबसम्म त्यहाँ नेपालका तर्फबाट मतदान सम्भव नभएको जवाफ दिए । उनले यो विषयलाई अतिरञ्जिन नबनाउन समेत आग्रह गरे’ ।

पत्रकार सम्मेलनमा ओलीले कालापानीको समस्या कुटनीतिक माध्यमले समाधान गर्न लागिरहेको समेत बताए । ‘उनले उक्त भूमि नेपालकै रहेकोमा प्रष्ट रहेको समेत बताए ‘।

ओलीले भारतले १० लाख खोप अनुदानमा दिएको स्मरणमा रहेको भन्दै १० लाख खरिदको खोपको डोज ल्याउन पहल भइरहेको बताए ‘। उनले सगरमाथा संवादको पनि कुरा गरेका थिए ‘।

प्रकाशित मिति २०७८ जेठ १४ गते शुक्रबार ०७:१७
प्रतिक्रियाहरु