वृद्धभत्ता बढ्यो, अब मासिक ४ हजार,कर्मचारीको तलब २ हजार बढ्यो

वृद्धभत्ता बढ्यो, अब मासिक ४ हजार,कर्मचारीको तलब २ हजार बढ्यो

छाँयापाटी

@छाँयापाटी

२०७८ जेठ १५ गते शनिवार ०६:३६

काठमाडौं -: सरकारले जेष्ठ नागरिकको भत्ता बढाएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले भत्ता बढाएर मासिक ४ हजार पुर्याइएको बताएका हुन् ।उनका अनुसार वृद्धा भत्ता वृद्धिसँगै सबै किसिमको सामाजिक...

काठमाडौं -: सरकारले जेष्ठ नागरिकको भत्ता बढाएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले भत्ता बढाएर मासिक ४ हजार पुर्याइएको बताएका हुन् ।उनका अनुसार वृद्धा भत्ता वृद्धिसँगै सबै किसिमको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाइएको छ।

सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा आयोजना विस्तारका लागि १४ अर्ब विनियोजन गरेको छ ।सबै खाले श्रमिक, कर्मचारी तथा प्राध्यापकहरुलाई समेत सो योजनामा समेटिने अर्थमन्त्री पौडेलले बताए ।

सरकारले अब विद्यार्थीलाई ल्यापटप किन्नका लागि ८० हजार रकम उपलब्ध गराउने भएको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा ८० हजार उपलब्ध गराउने बताए।

उनका अनुसा बैकल्पिक सिकाइका लागि ल्याइएको यस्तो ऋण रकम २ बर्षभित्र तिर्नुपर्नेछ ।यसैगरी १६ वर्ष भन्दा माथिका विद्यार्थीलाई एकथान सिमकार्ड निःशुल्क उपलब्ध गराइने पनि अर्थमन्त्री पौडेलले बताएका छन् ।

सरकारले सरकारी कर्मचारीको मासिक तलब २ हजार रुपैयाँले बढेको छ ।शनिबार सिंहदरबारबाट आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तु गर्दै अर्थमन्त्री पौडेलले पौडेलले कर्मचारीको मासिक तलब २ हजारले बढाइएको बताए ।

साथै, कर्मचारीलाई तलबसहित १० दिन पर्यटन बिदा दिने भएको छ ।आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा दिने बजेटमा ब्यवस्था गरिएको हो ।

प्रकाशित मिति २०७८ जेठ १५ गते शनिवार ०६:३६
प्रतिक्रियाहरु