कर्मचारीसँग सरकारलाई सहयोग नगर भनेर विपक्षी गठबन्धनले अपिल गर्नु आपत्तिजनक

कर्मचारीसँग सरकारलाई सहयोग नगर भनेर विपक्षी गठबन्धनले अपिल गर्नु आपत्तिजनक

छाँयापाटी

@छाँयापाटी

२०७८ जेठ १७ गते सोमबार ०९:४२

काठमाडौं : एमाले नेता विष्णु रिजालले कर्मचारीसँग विपक्षी गठबन्धनले सरकारलाई सहयोग नगर भनेर अपिल गर्नु आपत्तिजनक भएको टिप्पणी गरेका छन्। 'आइतबार विपक्षी गठबन्धनका पाँच शीर्ष नेताले विज्ञप्ति निकालेपछि उनले यस्तो बताएका हुन्। सोमबार...

काठमाडौं : एमाले नेता विष्णु रिजालले कर्मचारीसँग विपक्षी गठबन्धनले सरकारलाई सहयोग नगर भनेर अपिल गर्नु आपत्तिजनक भएको टिप्पणी गरेका छन्। ‘आइतबार विपक्षी गठबन्धनका पाँच शीर्ष नेताले विज्ञप्ति निकालेपछि उनले यस्तो बताएका हुन्।

सोमबार फेसबुकमार्फत  रिजालले प्रधानमन्त्री भएर देश चलाइसकेका नेताहरुले महामारीका बेला कर्मचारीसँग ‘सरकारलाई सहयोग नगर’ भनेर अपिल गर्नु आपत्तिजनक भएको टिप्पणी गरेका हुन्।

‘विपक्षी गठबन्धनले सरकार बनाएछ भने कर्मचारीतन्त्रसहित सिंगो राज्य संयन्त्र त्यही सरकारको मातहतमा आइहाल्छ।नेता रिजालले भनेका छन्,‘प्रधानमन्त्री भएर देश चलाइसकेका र फेरि तीब्र प्रयास गरिरहेका नेताहरुले महामारीका बेला कर्मचारीसँग ‘सरकारलाई सहयोग नगर’ भनेर अपिल गर्नु आपत्तिजनक छ’।

उनले सन् ७० को दशकमा भारतमा जयप्रकाश नारायणले यस्तै गैरजिम्मेवार आह्वान गर्दा प्रधानमन्त्री इन्दिरा गान्धीले संकटकाल लगाउने वातावरण बनेको इतिहास नजिकै भएको स्मरण गरेका छन्’।

उनले राज्य महामारीसँग जुधिरहेका बेला सबै मिलेर सहयोग गर्नुपर्नेमा यस्तो आह्वानले राम्रो संकेत नगरेको धारणा राखेका छन्।’ उनले देश चलाइसकेका नेताहरुले राज्य र सरकारबीचको फरक छुट्याउन नसक्नुलाई विडम्बना भएको प्रतिक्रिया दिएका छन्।

राजनीतिक प्रक्रिया आफ्नो ठाउँमा छ, राजनीतिज्ञहरुले राजनीतिमाथिको नियन्त्रण गुमाएपछि मुद्दा अदालतमा विचाराधीन छ।’ जे निर्णय हुन्छ, मान्नु छँदैछ’।

नेता रिजालले भनेका छन्,‘तर, राज्य महामारीसँग जुधिरहेका बेला सबै मिलेर सहयोग गर्नुपर्नेमा यस्तो ‘आह्वान गर्नुले राम्रो संकेत गरेको छैन। देश चलाइसकेका नेताहरुले राज्य र सरकारबीचको फरक छुट्याउन नसक्नुलाई विडम्बना मान्नुपर्छ।

विपक्षी गठबन्धनले संघीय संसद्मा ल्याइनुपर्ने बजेट सरकारले अध्यादेशमार्फत ल्याएको भन्दै विरोध जनाएको छ। संयुक्त वक्तव्यमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, एमालेबाट निष्काशित नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले हस्ताक्षर गरेका थिए। नेपालको हस्ताक्षर भने एमाले वरिष्ठ नेताकै रूपमा छ।

उनीहरूले दीर्घकालीन असर पर्ने कुनै पनि कामकारबाही नगर्न सरकारलाई चेतावनी दिएका दिएका थिए। ‘प्रतिनिधिसभाको पुनःस्थापना र प्रतिनिधिसभाका १ सय ४९ सदस्यको हस्ताक्षरमा विकल्प प्रधानमन्त्रीका रूपमा हामीले विधिवत दाबी प्रस्तुत गरिसकेको अवस्थामा वक्तव्यमा लेखिएको छ

देश र जनतालाई दीर्घकालीन असर पर्ने किसिमका कुनै पनि कामकारबाही नगर्न सरकारलाई चेतावनी दिन चाहन्छौं।’गठबन्धनले सरकारका संविधानविपरीतका र अलोकतान्त्रिक कामकारबाहीमा सहयोग नगर्न राज्यका सबै अंग र निकायहरूलाई  आग्रह गरेको थियो।

प्रकाशित मिति २०७८ जेठ १७ गते सोमबार ०९:४२
प्रतिक्रियाहरु