नेपालमा हिन्दुराष्ट्र सहितको राजसंस्था फर्काउने प्रधानमन्त्री केपि ओलीको बाचा !प्रधानमन्त्री केपी ओलीले नेपालमा हिन्दुराष्ट्रसहितको राजसंस्था फर्काउने बाचा गरेको एक भारतीय पूर्वअधिकारीले स्वीकार गरेका छन् ।
भारतको तत्कालिन काँग्रेस आईको सरकारको नीतिअनुसार नेपालमा राजसंस्था हटाउन सक्रिय रहेका भारतका पूर्वविदेश सचिव श्यामशरणले भारतको वर्तमान भारतीय जनता पार्टीको सरकारसमक्ष उक्त बाचा गरेको खुलासा गरेका हुन् । टाढा बनाउन भूमिका खेलेको जिकिर गरेका छन् ।
श्यामशरणले ‘राजसंस्थाले जहिले पनि नेपाललाई भारतबाट टाढा बनाउन भूमिका खेलेको मेरो अनुभव छ’ भन्दै ओली भारतको शुभचिन्तक भएको कुरामा आशंका गरेका छन् । उनी भन्छन्, ओली भारतका शुभचिन्तक हुन् भन्ने धारणा काठमाडौंमा बनेको छ ।
ओलीले भाजपा सरकारलाई राजसंस्थासहितको हिन्दुराष्ट्र ल्याउन भूमिका खेल्ने वाचा गरेको बुझाई राजनीतिक र सर्वसाधारणको विचार बनेको छ ।श्यामशरणले नेपालमा गणतन्त्र स्थापना गर्ने क्रममा चीनमा गएको चिनियाँ सरकारलाई मनाउने कामसमेत गरेका थिए । कर्पोरेट खबरबाट

प्रकाशित मिति २०७८ जेठ १८ गते मङ्गलबार ११:२६