संसद पुन:स्थापना भएपछि यो बजेट खारेज हुन्छ अनि हामी देशलाइ सुहाउने बजेट ल्याउछौ : पूर्वअर्थमन्त्री पुन

संसद पुन:स्थापना भएपछि यो बजेट खारेज हुन्छ अनि हामी देशलाइ सुहाउने बजेट ल्याउछौ   : पूर्वअर्थमन्त्री पुन

छाँयापाटी

@छाँयापाटी

२०७८ जेठ १८ गते मङ्गलबार ०१:०२

काठमाडौं : पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारले प्रस्तुत गरेको बजेट कार्यान्वयन नहुने बताएका छन्।वर्तमान कामचलाउ सरकारले पूर्णआकारको बजेट ल्याउन नपाउने उनको टिप्पणी छ। उनले संसद पुन:स्थापना हुने र यो बजेट खारेज हुने...

काठमाडौं : पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारले प्रस्तुत गरेको बजेट कार्यान्वयन नहुने बताएका छन्।वर्तमान कामचलाउ सरकारले पूर्णआकारको बजेट ल्याउन नपाउने उनको टिप्पणी छ।

उनले संसद पुन:स्थापना हुने र यो बजेट खारेज हुने बताए। संसद पुन:स्थापना भएपछि नयाँ सरकारले बजेट ल्याउने उनको धारणा छ। कामचलाउ सरकारले करको दायरा बढाउने र घटाउने काम गर्न नसक्ने उनको भनाइ छ।

कोरोना नियन्त्रणका कार्यक्रम भने ठिक रहेको उनले बताए। यदी कथम कदाचित चुनाव भइहाले चुनावलाई प्रभावित पार्नेगरी बजेट ल्याइएको उनले टिप्पणी गरे।

कोरोना भाइरसको संक्रमण दिनहुँ बढ्न थालेपछि मलेसियन सरकारले पुन: लकडाउनकाे घाेषणा गरेकाे छ।सरकारले १ जुनदेखि लागू हुनेगरि १४ दिनका लागि लकडाउन घाेषणा गरेकाे हाे।

सरकारले लकडाउनमा अत्यावश्यक सेवाबाहेक सम्पूर्ण वित्तीय तथा सामाजिक क्रियाकलापलाई प्रतिबन्ध लगाउने जनाएकाे छ। यसैगरी स्थल, हवाई तथा जलमार्गबाट सञ्चालित हुने यातायातका सेवामा पहिल्यै झै सञ्चालन गर्न दिइने जनाएकाे छ।क्वारेन्टिन तथा आइसोलेसनको लागि मात्र खुल्ने गरी होटल तथा आवाससम्बन्धी सेवाहरू सञ्चालन हुनेछन्।

प्रकाशित मिति २०७८ जेठ १८ गते मङ्गलबार ०१:०२
प्रतिक्रियाहरु