रेल सञ्चालनका लागि तयार हुन निर्देशन

रेल सञ्चालनका लागि तयार हुन निर्देशन

छाँयापाटी

@छाँयापाटी

२०७८ जेठ ३१ गते सोमबार ०८:२०

काठमाडाैं -: भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले कोभिड–१९ महामारी कम भएपछि जनकपुर–जयनगर रेल सञ्चालनमा आउने बताएका छन् । सो रेल सेवा सञ्चालनका लागि जनशक्ति र कानुनलगायतका तयारी भइसकेकाले अब सञ्चालनका लागि...

काठमाडाैं -: भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले कोभिड–१९ महामारी कम भएपछि जनकपुर–जयनगर रेल सञ्चालनमा आउने बताएका छन् ।

सो रेल सेवा सञ्चालनका लागि जनशक्ति र कानुनलगायतका तयारी भइसकेकाले अब सञ्चालनका लागि समस्या नभएको उनले स्पष्ट मन्त्री नेम्वाङको सचिवालयले जनाएको छ ।

मन्त्रालयअन्तर्गतका विभाग र कार्यालयको वार्षिक समीक्षा कार्यक्रमलाई आइतबार भर्चुअल सम्बोधन गर्दै उहाँले कोभिड–१९ को महामारी सामान्य हुनेबित्तिकै रेल सेवा सञ्चालनमा आउने भएकाले तयारी अवस्थामा रहन नेपाल रेल्वे कम्पनीलाई निर्देशनसमेत दिए ।

उनले भने, सरकारले गर्नुपर्ने सबै किसिमको सहजीकरण गरिसकेको छ ।रेलमार्ग निर्माणका क्रममा विभिन्न स्थानमा देखिएका जग्गा मुआब्जाको समस्या समाधानका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी

समाधान खोज्न रेल विभागलाई निर्देशन दिँदै उनले रेल सञ्चालन हुन लागेको स्थानसम्म पहुँच सडकको निर्माण अघि बढाउनुपर्ने बताए ।  यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

संघीय सरकारले आगामी आर्थिक वर्ष २०७७–७८ को बजेटमार्फत ल्याएको ढुंगा, गिट्टी, बालुवा निर्यात गर्ने नीति विवादमा छ । चुरेको दोहन हुने र तराई मरुभूमीकरण हुने भन्दै विरोध भइरहँदा प्रदेश सरकारहरूले भने आगामी वर्षको नीति तथा कार्यक्रममा संघको नीतिलाई ‘काउन्टर’ गर्ने प्रयास गरेका छन् ।

अधिकांश प्रदेशले किटान गरेरै चुरे जोगाउन विभिन्न नीतिगत कार्यक्रम ल्याउने घोषणा गरेका छन् भने केहीले त्यस्ता कार्यक्रम सुरु गर्ने संकेत गरेका छन् । लुम्बिनीबाहेक कुनै पनि प्रदेशले संघको जस्तो ढुंगा, गिट्टी, बालुवा बेचेर आयआर्जन गर्ने नीति र कार्यक्रम ल्याएका छैनन् । गण्डकी प्रदेशको भने नीति तथा कार्यक्रम प्रदेशसभामा पेस भएको छैन ।

ढुंगा, गिट्टी, बालुवाको निकासी खोल्ने निर्णय गरेको सरकारले संरक्षणको अधिकार पाएका स्थानीय तह र प्रदेशहरूसँग परामर्श गरेको थिएन । चौतर्फी आलोचनापछि ‘चुरे संरक्षण गर्छौं’ भनेर स्पष्टीकरण दिएको सरकार ढुंगा, गिट्टी र बालुवा विदेश निकासी गर्ने योजनामा अडिग छ । अधिकांश प्रदेशले भने आफ्नो अधिकार क्षेत्रको संरक्षणको प्रतिबद्धता जाहेर गर्दै संघ सरकारको नीतिलाई घुमाउरो रूपमा अस्वीकार गरेका छन् । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति २०७८ जेठ ३१ गते सोमबार ०८:२०
प्रतिक्रियाहरु