आजदेखि विद्यालय भर्ना खुल्यो तर स्कुल जान पाएनन

आजदेखि विद्यालय भर्ना खुल्यो तर स्कुल जान पाएनन

छाँयापाटी

@छाँयापाटी

२०७८ असार १ गते मङ्गलबार ०८:२७

काठमाडौं -: सरकारले आज मंगलबारदेखि देशभर विद्यालय तहको भर्ना खोल्दै नयाँ शैक्षिक सत्र सुरू गरेको छ '।कोरोनाका कारण गत वर्षदेखि नै समय तालिका प्रभावित भएकाले २ महिना ढिला गरी असार १ गतेदेखि शैक्षिक सत्र सुरू हुन लागेको छ । कोरोना...

काठमाडौं -: सरकारले आज मंगलबारदेखि देशभर विद्यालय तहको भर्ना खोल्दै नयाँ शैक्षिक सत्र सुरू गरेको छ ‘।कोरोनाका कारण गत वर्षदेखि नै समय तालिका प्रभावित भएकाले २ महिना ढिला गरी असार १ गतेदेखि शैक्षिक सत्र सुरू हुन लागेको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसकेपनि मंगलवारदेखि विद्यार्थीको नयाँ कक्षा प्रवेश, भर्ना तथा वैकल्पिक माध्यमबाट सिकाइ सुरू गर्न शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले निर्देशन दिएको छ ‘।

असार १५ गतेसम्म विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण गरिसक्नुपर्ने जनाइएको छ । ‘भर्ना तथा पाठ्यपुस्तक वितरणपछि वैकल्पिक माध्यमबाट पठनपाठन सुरू गर्नुपर्ने निर्देशन छ ।

कोरोना संक्रमण सामान्य नभएसम्म वैकल्पिक विधिको माध्यमबाट विद्यार्थीको सिकाइ सहजीकरण कार्य जारी रहने मन्त्रालयको निर्णय छ ‘।मंगलवारदेखि १० कक्षासम्मका लागि शैक्षिक सत्र सुरू भएको छ ।’ ११ कक्षाको पठनपाठन भदौ १ गतेबाट सुरू हुने जनाइएको छ ।

विद्यालयले १० कक्षाको माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको आन्तरिक मूल्यांकन कार्य पूरा गरी साउन दोस्रो हप्तासम्म अन्तिम नतिजा प्रकाशित गर्ने र भदौबाट नयाँ कक्षा सुरू गरिने जनाइएको छ ‘।

प्रकाशित मिति २०७८ असार १ गते मङ्गलबार ०८:२७
प्रतिक्रियाहरु