मंगलबार राती मेलम्ची र ईन्द्रावती नदीमा आएको भीषण बाढीले ठूलो पुर्याएको छ। मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतविक्षत बनाएको प्रहरीले जनाएको छ
यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे...
मंगलबार राती मेलम्ची र ईन्द्रावती नदीमा आएको भीषण बाढीले ठूलो पुर्याएको छ। मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतविक्षत बनाएको प्रहरीले जनाएको छ
यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल बगाएको छ। बाढी र माटोको लेदोले मेलम्ची क्षेत्रका पक्की घरका संरचनामा पनि क्षति पुगेका छन्।
पहिरोले मेलम्चीको आयोजनाको सुरुङमा क्षति पुगे-नपुगेको पनि एकिन भएको छैन। बाढीले ५० औँ जना बेपत्ता भएको स्थानीयले बताएका छन्। नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्याएको स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जानकारी दिएका छन्।
उनले यो प्राकृतिक विपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहतमा जुट्न अपिल गरेका छन्। ‘सरकारले आजै टेण्ट र खाध्यान्न जुन-जुन बस्तीमा क्षति भएको छ त्यहाँ खसाल्छौं ।
स्थानीय जनतामा जसको घर बगाएको छ उहाँहरुलाई घर हुनेहरुले आश्रय दिनुहुन अपिल गर्दछु ।तामाङले फेसबुकमार्फत भनेका छन्, अन्तराष्ट्रिय समुदायलाई यो विपत्तिमा साथ दिन अपिल गर्दछु ।खोलाको बहाव झनझन बढिरहेकाले सप्तकोसीसम्मका बासिन्दहरुलाई सचेत र सुरक्षित रहन तामाङले अपील गरेका छन्।
जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोकको जलबिरेस्थित बलेफी खोला जलमापन केन्द्रमा अक्स्मात जलसतह बढेर खतराको तह पार गरेकाले तटीय क्षेत्रहरूमा अर्को सूचना जारी नभएसम्मका लागि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको र स्थानीय जुटेका छन्।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७