सरकारी अस्पतालमा धमा धम अक्सिजन प्लान्ट बन्दै, निजी अन्यौलमा

सरकारी अस्पतालमा धमा धम  अक्सिजन प्लान्ट बन्दै, निजी अन्यौलमा

छाँयापाटी

@छाँयापाटी

२०७८ असार ७ गते सोमबार ०३:३०

पोखरा-:  कोभिडको महामारीसँगै सरकारी अस्पतालहरुमा धमाधम अक्सिजन प्लान्टको स्थापना हुन थालेपनि निजी तथा सामुदायिक अस्पतालहरु भने अन्यौलमा नैं रहेका छन् '। सरकारले कोरोना संक्रमितको उपचार गर्ने निजी तथा सामुदायिक अस्पतालहरुलाई...

पोखरा-:  कोभिडको महामारीसँगै सरकारी अस्पतालहरुमा धमाधम अक्सिजन प्लान्टको स्थापना हुन थालेपनि निजी तथा सामुदायिक अस्पतालहरु भने अन्यौलमा नैं रहेका छन् ‘।

सरकारले कोरोना संक्रमितको उपचार गर्ने निजी तथा सामुदायिक अस्पतालहरुलाई १५ दिनको अल्टिमेटम दिएपनि अक्सिजन प्लान्ट ल्याउन नसक्दा अन्यौंलता कायमै रहेको हो ।

कुनै बेला अक्सिजन नपाएर एकै रातमा ८ जनासम्म कोरोना संक्रमितको मृत्यु भएको गण्डकी प्रदेशको राजधानी पोखरामा अहिले पनि उपचारका लागि बाहिरी जिल्लाहरुबाट समेत संक्रमितहरु आउन थालेका छन्’ ।

यस प्रदेशमा सरकारी, निजी तथा सामुदायिक गरी ३६ वटा अस्पतालहरुमा कोरोना संक्रमितहरुको उपचार भइरहेको छ’ । कोभिडको दोस्रो चरणको महामारीसँगै पछिल्लो समय यस प्रदेशका ११ मध्ये ९ जिल्लामा सरकारले अक्सिजन प्लान्टको स्थापना गरिसकेको छ ‘।

यस प्रदेशका कतिपय जिल्लाहरुमा अक्सिजन उत्पादन भई विरामीहरुलाई सेवा दिन थालिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ‘।

गण्डकी प्रदेश कै कोरोना संक्रमणको ‘हट स्पट’का रुपमा चिनिएको पोखराको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बर्दिया, दाङ, प्युठान, कपिलवस्तु हुँदै काठमाडौंबाट समेत कोरोना संक्रमितहरु उपचारका लागि’ आउने गरेको निर्देशक डा.शर्माले बताए ‘।

प्रकाशित मिति २०७८ असार ७ गते सोमबार ०३:३०
प्रतिक्रियाहरु