काठमाडौं- : न्यूज २४ च्यानलको ‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालक रवि लामिछानेलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ। संक्रमण पुष्टि भइसकेपछि उनी यतिखेर आफ्नै निवासबाट दैनिक कार्यक्रम प्रसारण गर्दै आइरहेका छन्´।
कोरोना संक्रमित व्यक्तिले संक्रमण नभएका व्यक्तिसँग सम्पर्क गर्न हुँदैन। यदि सम्पर्क गर्न परेमा निश्चित सामाजिक दूरी कायम गर्नुपर्ने हुन्छ´। तर, लामिछानेले आइतबारको कार्यक्रममा आयुर्वेद चिकित्सकलाई बोलाइ प्रत्यक्ष कुराकानी गरी कार्यक्रम गरेका छन्´।
कार्यक्रम हेर्दा त्यहाँ कुनै पनि स्वास्थ्य मापदण्ड पालना गरिएको थिएन। अन्तवार्ता दिने आयुर्वेद चिकित्सकले मास्क समेत लगाएका थिएनन् भने स्वास्थ्य मापदण्डका विधिहरु पनि अपनाएका थिएनन्´। उनले कार्यक्रममा कोरोनाबाट संक्रमित धेरै मानिसहरूको उपचार गरेको दाबी गरेका छन्´।
कोरोना संक्रमितहरू हिँडडुल गरेको पाइएमा वा संक्रमण नभएका व्यक्तिहरुको सम्पर्कमा आएमा कानुनअनुसार कारबाही हुने स्वास्थ्य मन्त्रालयले बताइसकेको छ। यदि कसैले त्यस्तो गरेमा संक्रामक रोग ऐन, २०२० अनुसार ६ महिना जेल वा ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्छ´।सगरमाथा डेलि
प्रकाशित मिति २०७७ कार्तिक १८ गते मङ्गलबार ०७:३५