सानेपामा हम्मरले हानेर भारतीय नागरिकको ह*त्या

सानेपामा हम्मरले हानेर भारतीय नागरिकको ह*त्या

छाँयापाटी

@छाँयापाटी

२०७८ असार २० गते आईतबार ०४:०९

काठमाडौं -: हम्मर प्रहार गरेर ललितपुरको सानेपामा एक जना भारतीय नागरिकको हत्या गरिएको छ । ललितपुर प्रहरीका अनुसार हम्मर प्रहार गरेर ५९ वर्षीय सत्यनारायण पारिकको हत्या गरिएको हो । प्रहरीका अनुसार हत्या शनिबार बिहानतिर भएको छ । कोठामा...

काठमाडौं -: हम्मर प्रहार गरेर ललितपुरको सानेपामा एक जना भारतीय नागरिकको हत्या गरिएको छ । ललितपुर प्रहरीका अनुसार हम्मर प्रहार गरेर ५९ वर्षीय सत्यनारायण पारिकको हत्या गरिएको हो ।

प्रहरीका अनुसार हत्या शनिबार बिहानतिर भएको छ । कोठामा चोरी गर्ने उद्धेश्यले कसैले झ्यालबाट प्रवेश गरेर उनको हत्या गरेको हुनसक्ने प्रहरीको आशंका रहेको छ ।

पारिकको कोठाबाट उनका केही सामान पनि चोरी भएको अनुसन्धानमा खुलेको छ । अनुसन्धानका क्रममा शुक्रबार साँझ पारिकले मोबाइलमा एक जनासँग कुरा गरेको देखिएको र त्यसपछि कसैसँग सम्पर्क नरहेको देखिएको छ ।

त्यसैले हत्या शनिबार नै भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृतकको शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । प्रहरीले पोष्टमार्टमपछि मृत्युको समय र कारणबारे खुल्ने बताएको छ ।

 

प्रकाशित मिति २०७८ असार २० गते आईतबार ०४:०९
प्रतिक्रियाहरु