काठमाडौं, २५ असार -: नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले एकता भन्नुको अर्थ लम्पसार हुनु नभएको भन्दै राजनीतिक जमिन र बास्तविकतामा आधारित भएर एकता हुनुपर्नेमा जोड दिएकी छिन् ।
उनले आफूहरुले कहिल्यैपनि एमाले फुटाउन नचाहेको...
काठमाडौं, २५ असार -: नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले एकता भन्नुको अर्थ लम्पसार हुनु नभएको भन्दै राजनीतिक जमिन र बास्तविकतामा आधारित भएर एकता हुनुपर्नेमा जोड दिएकी छिन् ।
उनले आफूहरुले कहिल्यैपनि एमाले फुटाउन नचाहेको जिकिर गरिन् ।’ हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले अध्यक्ष केपी शर्मा ओली पक्षधरसँग वार्तामा रहेका आफ्नो तर्फबाट नेताहरुले सार्वजनिक खपतको लागि मिडियामा बोल्नु गलत भएको पनि टिप्पणी गरिन्’ । उनले अध्यक्ष केपी शर्मा ओली स्टेप–डाउन नभएसम्म एकता असम्भव रहेको पनि जिकिर गरिन् ‘। उनले प्रधानमन्त्री ओलीले राजनीतिक अपराध गरेकोले यसप्रति ओली जवाफदेही हुनुपर्ने बताईन् । उनले पार्टी एकताको लागि ओलीले अध्यक्षबाट हट्नुपर्ने बताएकी छिन् ।
उनले कार्यदलमा रहेका आफू पक्षधर सदस्य सुरेन्द्र पाण्डेले भन्दैमा आफूहरुको हस्ताक्षर फिर्ता नहुने दाबी गरिन्’। उनले भनिन्,‘हस्ताक्षर फिर्ता लिनको लागि केपी ओलीले दिएको अल्टिमेटम सकिसकेको छ ।
शेरबहादुर देवालाई दिएको समर्थन यथावत छ । ‘यो भोलिपनि रहन्छ ।’ देउवालाई किन समर्थन गरेको र कहीँ नभएको जात्रा हाडीगाउँमा देखाएको ? भनेर पत्रकार धमलाले प्रश्न सोध्दा उनले आक्रोशित हुँदै भनिन्
‘तपाईँले पनि जात्रा नदेखाउनु, अदालत जाने बेला हामी गैरसांसद भयौं ‘? हामी सांसद होईनौं भनेर अदालतमा मुद्दा हाल्नुहोस । तपाईँ व्यक्तिगत कुरामा किन जानुहुन्छ ?’ मिडियाले पनि एमालेको कार्यदलको बैठकलाई यति धेरै महत्व नदिएको भए हुन्थ्यो भन्ने उनको भनाई छ ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७