काठमाडौँ -: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्रीकाे सपथ लिनुहुने भएकाे छ ।’ उहाँलाई राष्ट्रपति कार्यालयले आजै प्रधानमन्त्रीमा नियुक्ति गर्ने र लगत्तै शपथ गराउने तयारी थालेको बताइएको छ ।
सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापनासँगै रिट निवेदक पक्षका देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न समय तोकेरै परमादेश जारी गरेको थियो । ‘जसअनुसार आज साँझ ५ बजेभित्र राष्ट्रपतिद्वारा देउवालाई प्रधानमन्त्रीमा नियुक्ति र शपथ गराइसक्नुपर्नेछ ‘।
पाचौँपटक प्रधानमन्त्री बन्न लाग्नुभएको देउवाले देउवाले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको बताइएको छ ।
सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गरेसँगै आगामी कात्तिक २६ र मंसिर ३ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको सबै प्रक्रिया स्थगित भएको छ।’ प्रतिनिधिसभा विटघन भई कात्तिक २६ र मंसिर ३ गते तोकिएको निर्वाचन संसद् पुर्नस्थापना भएसँगै नहुने भएको हो’। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सर्वाेच्चको फैसलापछि निर्वाचन तयारी स्थगित भएको बताए।
सर्वाेच्चको फैसला आइसकेपछि निर्वाचन तयारी अघि बढाउने कुरा भएन,’ उनले भने, ‘संसद् पुर्नस्थापनासँगै निर्वाचन गर्नुपर्ने आवश्यकता रहेन, अब आयोगको बैठक बसेर निर्वाचन तयारी स्थगित गर्छ।आयोगका अनुसार सर्वाेच्चबाट फैसलाको लिखित जानकारी आउन बाँकी रहे पनि आयोगले प्राप्त जानकारीकै आधारमा तयारी स्थगित गरेको हो। याे खबर नागरिक दैनिकमा छ ‘।
प्रकाशित मिति २०७८ असार २९ गते मङ्गलबार ०८:३२