काठमाडौँ -: नेपालका लागि नेपाली पार्टीले अमेरिकी मिल्लेनियम च्यालेन्ज सहयोग (एमसीसी) को विरोधमा प्रदर्शन गरेको छ ।मंगलबार माइतीघर मण्डलामा एमसीसी खारेजीको माग गर्दै उक्त पार्टीका कार्यकर्ताहरुले विभिन्न नारा अंकित ब्यानर प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरूले एमसीसीका पक्षधर सांसदहरुलाई बहिस्कार गरौँ, युवा विदेशमा खन्दैछन्- नेता डलर गन्दैछन्, एमसीसी खारेज गर, स्वाधीन नेपाललाई पराधीन बनाउन पाइँदैन- एमसीसी चाहिँदैन, पृथ्वीपथ जिन्दावाद, गरीखान देउ लगायत नाराअंकित प्लेकार्ड बाेकेका थिए ।




नेपालका लागि नेपाली पार्टीले अमेरिकी मिल्लेनियम च्यालेन्ज सहयोग (एमसीसी) को विरोधमा प्रदर्शन गरेको छ ।मंगलबार माइतीघर मण्डलामा एमसीसी खारेजीको माग गर्दै उक्त पार्टीका कार्यकर्ताहरुले विभिन्न नारा अंकित ब्यानर प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरूले एमसीसीका पक्षधर सांसदहरुलाई बहिस्कार गरौँ, युवा विदेशमा खन्दैछन्- नेता डलर गन्दैछन्, एमसीसी खारेज गर, स्वाधीन नेपाललाई पराधीन बनाउन पाइँदैन- एमसीसी चाहिँदैन, पृथ्वीपथ जिन्दावाद, गरीखान देउ लगायत नाराअंकित प्लेकार्ड बाेकेका थिए
प्रकाशित मिति २०७८ साउन १२ गते मङ्गलबार ०२:११