बालुवाटार बैठक : MCC खारेज नभए पछि गठबन्धन छाड्ने चित्रबहादुर केसीको चेतावनी

बालुवाटार बैठक : MCC खारेज नभए पछि  गठबन्धन छाड्ने चित्रबहादुर केसीको चेतावनी

छाँयापाटी

@छाँयापाटी

२०७८ साउन १३ गते बुधबार १२:२३

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसीको विरोध गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा उनले एमसीसीको विरोध गरेका हुन् । यस्तै संघीयताको विषयमा पनि उनको विरोध रहेको...

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसीको विरोध गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा उनले एमसीसीको विरोध गरेका हुन् । यस्तै संघीयताको विषयमा पनि उनको विरोध रहेको थियो ।

बैठकमा केसीले नेपाली जनता कोभिडविरुद्धको खोप नपाएर अकालमा ज्यान गुमाउन बाध्य भइरहेको अवस्थामा गठबन्धनको सरकार गम्भीर बन्न नसकेको बरु एमसीसीलाई अघि बढाउने ध्याउन्नमा लागेको भन्दै विरोध गरेको एक नेताले बताए ।

‘जनता कोरोनाविरुद्धको खोप नपाएर मरिरहेका छन् । तपाईहरु एमसीसी कसरी पास गर्ने र संघीयता धरापमा पर्योमात्रै भन्नुहुन्छ । अनि कसरी जनताले यो गठबन्धनको सरकारलाई विश्वास गर्ने ?’केसीको प्रश्न थियो ।

उनले गठबन्धनले सधैं संघीयताकै रटान लगाउने र एमसीसीकै कुरा गर्ने हो भने आफ्नो पार्टी गठबन्धनबाट बाहिरिने चेतावनी दिएका थिए ।गठबन्धन खाली संघीयता र एमसीसीको पछि लाग्ने हो भने हामी प्रतिपक्षमा बस्छौँ, केसीको भनाइ थियो । मंगलबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता भएको थियो । सो वार्तामा एमसीसीको विषयमा छलफल भएको बुझिएको छ ।

प्रकाशित मिति २०७८ साउन १३ गते बुधबार १२:२३
प्रतिक्रियाहरु