काठमाडौं -: भारतलाई पराजित गर्दै श्रीलंकाले टि–२० आई सिरिज जितेको छ ‘। गएराति भएको तेस्रो तथा अन्तिम खेलमा भारतलाई सात विकेटले पारजित गर्दै संमग्रमा २–१ ले श्रीलंकाले सिरिज जितेको हो ‘।
टस जितेर पहिला ब्याटिङ थालेको भारतले श्रीलंकालाई सामान्य ८२ रनको विजयी लक्ष दिएको थियो । ‘श्रीलंकाले १४.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा उक्त लक्ष पूरा गर्यो ।
श्रीलंका धनन्जय डि सिल्भा २० बलमा २ चौका सहित २३ रनमा अविजित रहे । वानिन्दु हसरंगा ९ बलमा १ चौका सहित १४ रनमा अविजित रहे ।
ओपनर अविष्का फ्रेनान्डोलाई स्पिनर राहुल चाहरले १२ रनमा कट एण्ड बोल्ड आउट गरे ।’ मिनोद भानुकालाई चाहरले १८ रनमा एलबिडब्लू आउट गरे । मिनोदले २७ बलमा १ चौका प्रहार गरे । सदिरा समराविक्रमलाई चाहरलेनै ६ रनमा बोल्ड आउट गरे ।
भारतका स्पिनर राहुल चाहरले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । ‘अन्य बलरले विकेट लिन सकेनन् ।
त्यसअघि भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८१ रन बनाएको थियो ‘। भारतका कुलदीप यादवले सर्वाधिक २८ बलमा २३ र तीव्र गतिका बलर भुवनेश्वर कुमारले ३२ बलमा १६ रन जोडेका थिए ।
भारतको यो टि२० आई इतिहासको तेस्रो कम योगफल हो । ‘भारतको टि२० आईमा सर्वाधिक कम योगफल सन् २००८ मा अष्ट्रेलियाविरुद्ध ७४ रन थियो । २०१६ मा न्युजिल्यान्डविरुद्ध ७९ अल आउट भएको थियो ।
प्रकाशित मिति २०७८ साउन १५ गते शुक्रबार ०८:१०