भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काटेर बेपत्ता भएको घटनाप्रति स्थानीय प्रशासन भन्छ ‘तुइन आफैँ चुँडिएको हो’

भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काटेर बेपत्ता भएको घटनाप्रति स्थानीय प्रशासन भन्छ ‘तुइन आफैँ चुँडिएको हो’

छाँयापाटी

@छाँयापाटी

२०७८ साउन १६ गते शनिवार ०२:१३

काठमाडौं -:  दार्चुलामा महाकाली नदी तर्ने' क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काटेर बेपत्ता भएको' घटनाप्रति स्थानीय प्रशासनले प्रतिक्रिया दिएकाे छ' । गृहमन्त्रालयलाई स्थानीय प्रशासनले भारतीय सीमा सुरक्षा बल एसएसबीले...

काठमाडौं -:  दार्चुलामा महाकाली नदी तर्ने’ क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काटेर बेपत्ता भएको’ घटनाप्रति स्थानीय प्रशासनले प्रतिक्रिया दिएकाे छ’ ।

गृहमन्त्रालयलाई स्थानीय प्रशासनले भारतीय सीमा सुरक्षा बल एसएसबीले नै तुइन काटिदएको भन्ने पुष्टि भइनसकेको र तुइन आफैँ चुँडिएकाे हुनसक्ने  प्रतिक्रिया दिएको हाे ‘।

शुक्रबार दार्चुलाको व्यास गाउँपालिका–२ बाट भारतको पङ्गला जान खोज्दा एसएसबीले तुइन काटिदिएपछि ३३ वर्षीय जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको स्थानीय बासिन्दाले बताएका थिए ‘।

उक्त खबर प्राप्त  भएलगत्तै गृहमन्त्रालयले घटनाको आवश्यक छानबिन गरी सत्यतथ्य पत्ता लगाउन प्रहरी र स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको थियो’ ।

घटनास्थलमा सशस्त्र र नेपाल प्रहरीको टोली खोजतलासमा गएको र स्थानीयको भनाइअनुसार भारतीय एसएसबीसमेतलाई के कस्तो भएको हो ‘सत्यतथ्य पत्ता लगाइ जानकारी दिन ‘भन्दै पत्राचार गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ’ ।

 

प्रकाशित मिति २०७८ साउन १६ गते शनिवार ०२:१३
प्रतिक्रियाहरु