तलबभत्ता नलिने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको घोषणा

तलबभत्ता नलिने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको घोषणा

छाँयापाटी

@छाँयापाटी

२०७८ साउन १८ गते सोमबार १२:५८

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन्।पारिश्रमिक,आवासलगायत सुविधा नलिने सोमबार पत्रकार सम्मेलन गरेर उनले बताए। तर सुरक्षाकर्मी भने लिने उनको भनाइ छ। नेपाली कांग्रेसका...

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन्।पारिश्रमिक,आवासलगायत सुविधा नलिने सोमबार पत्रकार सम्मेलन गरेर उनले बताए। तर सुरक्षाकर्मी भने लिने उनको भनाइ छ।

नेपाली कांग्रेसका सांसद श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त गरेका थिए।श्रेष्ठले स्वास्थ्य, शिक्षा, कृषि तथा जलविद्युतलगायत क्षेत्रमा लगानी गरेका छन्। उनले आफू राज्यमन्त्री रहुन्जेल ती संघसंस्थाबाट अलग हुने पनि बताए।

राज्यमन्त्री श्रेष्ठले एक सय दिनको कार्ययोजनासमेत अगाडि सारेका छन्।व्यापारीसमेत रहेका सांसद श्रेष्ठलाई मन्त्री बनाएकोमा पार्टीभित्र र बाहिर पनि प्रधानमन्त्री देउवाको आलोचना भएको थियो।

नेपाली कांग्रेसका सांसद श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त गरेका थिए।श्रेष्ठले स्वास्थ्य, शिक्षा, कृषि तथा जलविद्युतलगायत क्षेत्रमा लगानी गरेका छन्। उनले आफू राज्यमन्त्री रहुन्जेल ती संघसंस्थाबाट अलग हुने पनि बताए।

प्रकाशित मिति २०७८ साउन १८ गते सोमबार १२:५८
प्रतिक्रियाहरु