देउवा प्रधानमन्त्री भए पछि पहुँचवालाको घरमै खोप

देउवा प्रधानमन्त्री भए पछि पहुँचवालाको घरमै खोप

छाँयापाटी

@छाँयापाटी

२०७८ साउन २१ गते बिहिबार ०३:४८

कञ्चनपुर -:  कोरोनाविरुद्धको खोप कार्यक्रम चलिरहँदा आइतबार विवाद भएपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ को सहरी स्वास्थ्य क्लिनिकमा केहीबेर खोप लगाउनै बन्द गरियो '। लक्षित समूहबाहेक र जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीले आफन्तलाई...

कञ्चनपुर -:  कोरोनाविरुद्धको खोप कार्यक्रम चलिरहँदा आइतबार विवाद भएपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ को सहरी स्वास्थ्य क्लिनिकमा केहीबेर खोप लगाउनै बन्द गरियो ’।

लक्षित समूहबाहेक र जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीले आफन्तलाई खोप लगाएको भन्दै स्थानीयले विरोध गरेपछि कार्यक्रम केहीबेर बथोलिएको हो । भीमदत्त–१७ स्थित सहरी स्वास्थ्य क्लिनिकमा पनि जनप्रतिनिधि र स्वास्थ्यकर्मीले आफन्तलाई खोजी–खोजी खोप लगाएको भन्दै सर्वसाधारणले विरोध जनाए । जसका कारण यहाँ पनि खोप कार्यक्रम केहीबेर अवरुद्ध हुन पुग्यो ’।

कञ्चनपुरमा साउन १३ देखि ४ दिनसम्म भेरोसेल र साउन १७ देखि ४ दिनसम्म जान्सेन खोप लगाउने कार्यतालिका थियो । भेरोसेल खोप ५४ वर्षभन्दा माथिका र यसअघि छुटेका व्यक्तिलाई लगाउने भनिएको थियो’ ।

जान्सेन खोप ५० वर्षभन्दा माथिका, अपांगता भएका व्यक्ति, वैदेशिक रोजगारीमा जाने, सवारी चालक तथा सहचालकलगायतलाई लगाउने योजना थियो । तर खोप कार्यक्रम थालिएसँगै जनप्रतिनिधिदेखि स्वास्थ्यकर्मीसम्मले तोकिएको उमेर समूहका व्यक्तिभन्दा पनि आफन्तलाई बोलाएर धमाधम खोप लगाए’ ।

कतिपय स्वास्थ्यकर्मी र स्थानीय तहका कर्मचारीले घरघरै लगेरसमेत खोप लगाएको पाइएको छ’ । लक्षित उमेरकाले चर्को घाममा घण्टौं लाइन लाग्दासमेत खोप पाएनन्’ ।

दिनभरि लाइन लागेर बल्ल खोप लगाउन पाइयो,भीमदत्त–५ का मोहन चन्दले भने, आफ्नालाई धमाधम भित्र लगेर लगाउने, हामीलाई चर्को घाममा कुराउने काम भयो ।

भीमदत्त नगरपालिकामा ४ दिन लगाउने जान्सेन एक दिन लगाएर स्थगन गरियो’ । ‘खोप लगाउने चाहने धेरै, खोपको थोरै भएकाले एकै दिनमा अभियान स्थगन गर्नुपर्‍यो,भीमदत्त नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जोशीले भने,लक्षित समूहले खोप पाएनन्, अन्यले धमाधम खोप लगाए ’।

प्रकाशित मिति २०७८ साउन २१ गते बिहिबार ०३:४८
प्रतिक्रियाहरु