काठमाडौँ-: एमसीसी अध्ययन कार्यदलले यथास्थितिमा एमसीसीको नेपाल कम्प्याक्ट संसदबाट पारित गर्न नहुने निष्कर्ष निकालेको छ'।अध्ययनका लागि दोस्रो पटक १० दिन समय पाएको कार्यदलले नेकपा अध्यक्ष एव प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त...
काठमाडौँ-: एमसीसी अध्ययन कार्यदलले यथास्थितिमा एमसीसीको नेपाल कम्प्याक्ट संसदबाट पारित गर्न नहुने निष्कर्ष निकालेको छ’।अध्ययनका लागि दोस्रो पटक १० दिन समय पाएको कार्यदलले नेकपा अध्यक्ष एव प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त निष्कर्षसहित प्रतिवेदन शुक्रबार बुझाएको हो’।
स्रोतकाअनुसार कार्यदलले पहिले र दोस्रोपल्ट गरी पाएको २० दिनको अध्ययनको यो निष्कर्ष छ। ‘कार्यदलले यो निष्कर्ष निकाले पनि प्रधानमन्त्री ओली र कार्यदलको सदस्य समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कार्यदलको काम अध्ययन गर्ने मात्रै भएको, ससदबाट पेश भइसकेको
एमसीसी सभामुखले टेबल गरेको दिन पास हुने बताएर कार्यदलको औचित्य समाप्त भएको सन्देश दिइसकेका छन्।’एमसीसी अमेरिकी इन्डो प्यासिफिक रणनीतिको अग भएको र यथास्थितिमा एमसीसी पास गर्न नहुनेमा
नेकापा केही नेताहरूले अडान लिएपछि त्यसबारे स्पष्ट हुन कार्यदल गठन गरिएको थियो।’उक्त कार्यदल यही माघ १९ गते नेकपाको केन्द्रीय कमिटी बैठकको समापनका दिनमा गठन गरिको थियो’।
नेता झलनाथ खनाल संयोजक रहेको कार्यदलको सदस्यहरुमा मन्त्री ज्ञवाली र नेता भीम रावल छन्।’खनालले एमसीसी संशोधन गरेर मात्रै पास गर्नु पर्ने मान्यता दोहोर्याउँदै आएका थिए भने रावलले यो अमेरिकी इन्डोप्यासिफिक रणनीतिको
अंग भएकाले पास गर्न नहुने मत राख्दै आएका थिए।मन्त्री ज्ञवालीको भने सुरु देखिनै यो नेपालको हितमा भएको संसदबाट छिटोभन्दा छिटो पारित गर्नु पर्ने बताउँदै आएका थिए’।
योबीचमा प्रधानमन्त्री ओलीले एमसीसीका सहायक प्रमुखलाई छिटोभन्दा छिटो त्यो पारित गर्ने आश्वासन दिएर पठाएका थिए। ‘अमेरिकीहरुले यो सशोधन गरेर पास गरेमा आफुहरुलाई मान्य नहुने बताएका थिए’।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७