एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बागमती प्रदेशको मुख्यमन्त्री बनेकोमा बधाई दिएका छन् । तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकको सुरुवात गर्दै अध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बधाई...
एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बागमती प्रदेशको मुख्यमन्त्री बनेकोमा बधाई दिएका छन् । तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकको सुरुवात गर्दै अध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बधाई दिएका हुन् ।
पहिलो महिला मुख्यमन्त्री बन्नुभएको छ । उहाँलाई बधाई छ अरू साथीहरूलाई स्वागत छ’ भन्दै ओलीले शाक्यको प्रशंसा गरे । शाक्य भदौ २ गते बागमतीको मुख्यमन्त्री बनेकी थिइन् । शाक्यसहितका एमाले तेस्रो धारका नेताहरू आजको एमाले बैठकमा सहभागी छन् ।
ओलीले माधव नेपाल समूह छाडेर आएका सदस्यहरूलाई बैठकमा स्वागत गरे । १० बुँदे सहमति कार्यान्वयन र पार्टीलाई जेठ २ को अवस्थामा फर्काउनु पर्ने माग राख्दै आएका स्थायी कमिटी सदस्यहरू आजको बैठकमा सहभागी छन् ।
सर्वोच्च अदालतको फैसलाले गत फागुन २३ गते नेकपा एमाले ब्युँतिएपछि आज पहिलो पटक सबै पदाधिकारीसहितको बैठक बसेको हो ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७